सिड्नीले दियो मेलबर्नलाई १४७ रनको लक्ष्य : सन्दीपको नाममा २ विकेट
एजेन्सी – नेपालका युवा स्टार क्रिकेटर सन्दीप लामिछानेले सुरुवाती भरपर्दा दुई ब्याट्सम्यानलाई सस्तैमा आउट गरेपछी मेलबर्न स्टार्सले सिड्नी सिक्सर्सबाट सम्मानजनक लक्ष्य प्राप्त गरेको छ ।
सिड्नी सिक्सर्सको घरेलु मैदान सिड्नी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सिड्नी सिक्सर्सले निर्धारित १४ ओभर पुरै खेल्दै मात्र ४ विकेट गुमाएर १ सय ४३ रन बनाएको छ ।
वर्षाले प्रभावित गरेपछी खेललाई १४ ओभरमा घटाईएको थियो । जसअन्तर्गत सिड्नी सिक्सर्सले खराब सुरुवात गरेको भएपनी
जेम्स भिन्स र मोइसेस हेनरिक्सले टिमको पारीलाई सम्हालेका थिए ।
यी दुईबीच तेस्रो विकेटका लागि ११४ रनको साझेदारी भएको थियो । १३.२ ओभरमा टिमको स्कोर १४० रन हुँदा तेस्रो विकेटका रुपमा आउट हुन पुगेका मोइसेस हेनरिक्सले ३१ बलको सामना गर्दै २ चौका र ८ छ्क्काको सहयोगमा ७२ रन बनाए भने जेम्स भिन्सले अविजित रह्दै ४१ रन बनाए ।
त्यसअघि ओपनर ब्याट्सम्यान जोस फिलिप र डेनियल ह्यूजेसलाई भने टिमले सस्तैमा गुमाएको थियो ।
जसमा जोस फिलिपले १० तथा डेनियलले १४ रन जोडेका थिए । दुबैलाई सन्दीपले आउट गराएका थिए ।
३ ओभर बलिङ गरेका सन्दीपले सुरुवात राम्रो गरेको भएपनी तेस्रो ओभरमा भने २४ रन खर्चिएका थिए । त्यसअघि उनले मात्र १४ रन खर्चिएर २ महत्वपूर्ण विकेट लिएका थिए ।
योसँगै सन्दीपले जारी लिगमा आफ्नो विकेट सङ्ख्या १४ पुर्याएका छ्न ।