मेलबर्नले सुरुमा बलिङ गर्ने : सन्दीप प्लेईङ ११ मा पर्न सफल

मेलबर्नले सुरुमा बलिङ गर्ने : सन्दीप प्लेईङ ११ मा पर्न सफल

एजेन्सी – नेपालका युवा स्टार क्रिकेटर सन्दीप लामिछाने आवद्ध मेलबर्न स्टार्सले अष्ट्रेलियाको उच्च लिग बिग ब्यासको आफ्नो १२ औं खेलमा अहिले सिड्नी सिक्सर्स सँग भिड्दै छ ।

सिक्सर्सको घरेलु मैदान सिड्नी क्रिकेट मैदानमा हुने खेलमा पाहुना टोली मेलबर्नले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

जारी लिगमा निकै राम्रो लयमा रहेको मेलबर्नले अहिलेसम्म ११ खेल खेलिसकेको छ । जसमा १० जित हासिल गर्दा १ खेलमात्र मेलबर्नले गुमाएको अवस्था छ ।

र अहिले मेलबर्ननै २० अंकका साथ पहिलो स्थानमा रहेको छ ।

यता मेलबर्नलाई आज चुनौती दिन लागेको सिड्नीको जारी लिगमा मिश्रित प्रदर्शन हुँदै आएको छ । अहिलेसम्म ११ खेल खेलिसकेको सिड्नी १३ अंकका साथ अंकतालिकाको तेस्रो स्थानमा रहेको छ ।

तुलनात्मक रुपमा हेर्ने हो भने जसरी मेलबर्न स्टार्सले लिगमा प्रदर्शन गरिरहेको छ त्यसको आधारमा मुल्यांकन गर्ने हो भने आजको यस खेलमा मेलबर्ननै हाबी हुने प्रवल सम्भावना रहेको छ ।

यसअघि पनि भेट हुँदा मेलबर्नले सिक्सर्सलाई ४४ रनले पराजित गरेको थियो । र आज पनि मेलबर्न उच्च मनोबलको साथ मैदानमा उत्रिने छ ।

यता सिक्सर्सविरुद्दको खेलमा नेपालका युवा खेलाडी सन्दीप लामिछानेलाई पनि टिमले अन्तिम -११ मा स्थान दिएको छ ।

लिगमा टिमलाई जिताउन उनले महत्वपूर्ण भूमिका र टिमको विश्वासलाई न्याय गर्दै आएका छ्न । जसको परिणामस्वरुप उनले अहिलेसम्म १० खेलबाट १२ विकेट लिईसकेका पनि छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *