onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

टियुमा हुने त्रिकोणात्मक सिरिजको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजनले गर्ने

काठमाडौं ( अनलाइन खेलखबर) | माघ २३ देखि २९ सम्म काठमाडौंमा हुन गईरहेको आईसीसी विश्वकप छ्नोट प्रक्रिया अन्तर्गत आईसीसी – लिग २ को नेपाल , अमेरिका र ओमानबीचको त्रिकोणात्मक सिरिजको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजनले गर्ने भएको छ ।

नेपाल क्रिकेट संघ ( क्यान ) र टेलिभिजनबीच प्रत्यक्ष प्रशारणकोलाई सम्झौता समेत भएको छ ।

अब सिरिजका सबै खेलहरु कान्तिपुर टेलिभिजनमार्फत हेर्न सकिने छ । सिरिज अन्तर्गत पहिलो खेलमा घरेलु टोलीले नेपालले ओमानसँग खेल्नेछ ।

यता सिरिजका लागि नेपालले आफ्नो अन्तिम तयारी स्वरुप पोखरामा बन्द प्रशिक्षण गरिरहेको छ ।

जसमा नेपाली टोलीको प्रारम्भिक २४ सदस्यीय नेपाली टोलीमा ज्ञानेन्द्र मल्ल (कप्तान),दीपेन्द्र सिँह एरि,मोहम्मद आरिफ शेख,अभिनास बोहरा,विनोद भण्डारी,करण केसी,कुशल भुर्तेल,ललित नारायण राजवंशी,पारस खड्का रहेका छ्न ।

भने पवन सरार्फ,कमलसिंह ऐरी,रोहित कुमार पौडेल,सोमपाल कामी,सन्दीप जोरा,सुशन भारी,शरद भेषावकर
सन्दीप लामिछाने,सुवास खकुरेल,सुनिल धमला,कुशल मल्ल,वसन्त रेग्मी,किशोर महतो,लोकेश बम र सुमित महर्जन पनि बन्द प्रशिक्षण भित्र समाबेश रहेका छ्न ।

प्रतिक्रिया दिनुहोस्