विश्वकपको पहिलो खुड्किलो : नेपालका लागि अमेरिका र ओमानसँगको खेल निकै महत्वपूर्ण
काठमाडौं ( अनलाइन खेलखबर )| नेपालमा माघ २२ देखि २९ सम्म नेपाल , अमेरिका र ओमानबीचको त्रिकोणात्मक सिरिज हुँदैछ । जुन सिरिज विश्वकप छ्नोटको एक प्रक्रिया हो ।
सन २०२३ मा भारतमा हुने एकदिवसीय बिश्वकपको छ्नोट प्रक्रियाको संरचना अनुरुप यो सिरिज आईसीसी लिग -२ अन्तर्गत पर्दछ ।
जसअनुसार हालै ईङ्गल्याण्ड र वेल्समा सम्पन्न बिश्वकपमा झै १० टिमले नै विश्वकपमा सहभागिता जनाउने छ्न । तर अघिल्लो भन्दा यसपटक छनोटका बाटोहरुमा आईसीसीले ठुलो परिवर्तन गरेको छ ।
आइसिसिको नयाँ संरचना अनुसार बिश्वकपमा पुग्न कुल ५ वटा बाटो तय रहेको छ । जसमा पहिलो आईसीसी सुपर लिग , दोस्रो आईसीसी लिग २ , तेस्रो आईसीसी च्यालेन्ज कप , त्यस्तै चौथो बिश्वकप क्वालिफायर प्ले अफ र अन्तिम बिश्वकप क्वालिफायर पारगर्नु पर्ने छ ।
छ्नोट प्रक्रियाको पहिलो आईसीसी सुपर लिगमा हाल रहेका १२ टेस्ट मान्यता प्राप्त राष्ट्र र नेदरल्याण्ड सहित कुल १३ रास्ट्रले सुपर लिग खेल्ने छन् । जसबाट उत्कृष्ट ८ टोलि सिधै बिश्वकपमा पुग्ने छ्न ।
यसपछि सुपर लिगका अन्तिम ५ टिम हरुले पुन अर्को विश्वकप छ्नोट खेल्ने मौका पाउने छ्न ।
यस्तै आईसीसी लिग २ मा नेपाल, युएई , स्कटल्याण्ड , ओमान , अमेरिका , नामिबिया र पपुवा न्युगिनी गरि कुल ७ टिमले यो लिग खेल्नेछन ।
जुनको सुरुवात नेपालले अमेरिका र ओमानसँग खेल्दै गर्न लागेको हो ।
यहाँबाट उत्कृष्ट ३ टिम बिश्वकप छ्नोट खेल्नेछन । भने बाकी ४ टिम लाई बिश्वकप क्वालिफायर प्ले अफ खेल्ने पर्नेछ ।
यस्तै अर्को आईसीसी च्यालेन्ज कप रहेको छ । जहाँ विश्व क्रिकेट लिगका २१-३२ स्थानका १२ टिमहरु यो कप खेल्नेछन जहा बर्मुडा, क्यानडा, डेनमार्क, हङकङ, इटाली, जर्सी, केन्या, मलेसिया, सिंगापुर, युगान्डा, भानुआटु, र कतारको सहभागिता रहने छ ।
च्यालेन्ज कपमा २ समूह बिभाजन गरिने छ । ६/६ बटा राष्टको २ समूहबाट समूह बिजेता बन्ने २ राष्ट ले बिश्वकप क्वालिफायर प्ले अफमा पुग्ने छ्न ।
प्ले अफ क्वालिफायरमा आईसिसी लिग २ का अन्तिम ४ टिमहरु , च्यालेन्ज कपबाट छानिएका २ टिम बिच गरि कुल ६ टिमले प्ले अफ खेल्ने छ्न । यहाँ बाट उत्कृष्ट २ टिमले बिश्वकप छ्नोट प्रतियोगिता खेल्नेछ्न ।
र अन्तिममा बिश्वकप क्वालिफायर रहेको छ । जसमा आईसीसी सुपर लिगका अन्तिम ५ टिम हरु , आईसीसी लिग २ का उत्कृष्ट ३ टिम र बिश्वकप क्वालिफायर प्ले अफ बाट आएका २ टिम गरि कुल १० टिमले बिश्वकप क्वालिफायर खेल्नेछन । जसबाट मात्र २ टोली ले बिश्वकप खेल्ने अबसर प्राप्त गर्नेछन ।
नेपालको विश्वकपको बाटो यस्तो रहेको छ ! र नेपाल , ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजको महत्व
पहिलोमा आईसीसी लिग २ खेल्नु पर्नेछ जसको नेपालले अमेरिका र ओमानसँग केहि दिनपछि खेल्दै गर्नेछ । जसमा नेपाल, युएई , स्कटल्याण्ड , ओमान , अमेरिका , नामिबिया र पपुवा न्युगिनी गरि कुल ७ टिमले यो लिग खेल्नेछन ।
जहाँ नेपालले २ बर्ष भित्र ३६ खेल खेल्नेछ । यहाँ बाट उत्कृष्ट ३ टिम बिश्वकप छ्नोट खेल्नेछन ।
भने बाकी ४ टिम लाई बिश्वकप क्वालिफायर प्ले अफ खेल्ने पर्नेछ ।
यदि नेपालले उत्कृष्ट ३ भित्र पर्न सके सिधै बिश्वकप छ्नोटमा स्थान बनाउने छ ।
तर उत्कृष्ट ३ भित्र नपरेमा फेरि अर्को मौका पाउने प्ले अफका लागि पाउने छ ।
प्ले अफमा प्ले अफ क्वालिफायरमा आईसिसी लिग २ का अन्तिम ४ टिमहरु , च्यालेन्ज कप बाट छानिएका २ टिम बिच गरि कुल ६ टिम ले प्ले अफ खेल्ने छ्न ।
यहाँ बाट उत्कृष्ट २ टिम ले बिश्वकप छ्नोट प्रतियोगिता खेल्नेछ्न ।
र अन्तिम भनेको बिश्वकप क्वालिफायर रहेको छ । जसमा आईसीसी सुपर लिगका अन्तिम ५ टिम हरु , आईसीसी लिग २ का उत्कृष्ट ३ टिम र बिश्वकप क्वालिफायर प्ले अफ बाट आएका २ टिम गरि कुल १० टिमले बिश्वकप क्वालिफायर खेल्नेछन ।
जसबाट मात्र २ टोली ले विश्वकप खेल्ने अबसर प्राप्त गर्ने हुँदा नेपालका लागि भने ठुलो चुनौती र गाह्रो देखिन्छ ।