पर्थमाथि मेलबर्नको रोमान्चक जित : सन्दीपको नाममा एक विकेट
एजेन्सी- अष्ट्रेलियाको उच्च लिग बिग बास लिगमा नेपालका स्टार युवा क्रिकेटर सन्दीप लामिछाने आबद्ध मेलबर्न स्टार्सले दशौं जित हासिल गरेको छ ।
शनिबार भएको आफ्नो ११ औं खेलमा मेलबर्नले जित हासिल गर्ने क्रममा पर्थ स्कोर्चर्सलाई रोमान्चक बनेको खेलमा १० रनले पराजित गर्न सफल भयो ।
खेलमा मेलवर्नले दिएको १ सय ४२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको पर्थ २० ओभर पुरै खेलेपनी ९ विकेट गुमाउदै १ सय ३१ रनमा सिमित हुन हुनेपछी खेल मेलबर्नले आफ्नो पक्षमा पार्न सफल भयो ।
पर्थका लागि क्यामरुन बानक्राफ्टले सर्वाधिक ३२ रनको योगगदान गरे । भने कुर्टिस पाटरसनले २० तथा लियाम लिभिंगस्टोनले १८ करनको योगदान गरेका थिए ।
बलिङतर्फ मेलवर्नका निक मडिसनले ३ तथा डानियल वारेल, सन्दीप लामिछाने, क्लिन्ट हिन्चिल्फ़ र ग्लेन म्याक्सवेलले समान १/१ विकेट लिए ।
सन्दीप लामिछानेले आफ्नो स्पेलको ४ ओभर पुरै बलिङ गर्दै २९ रन खर्चिएर १ विकेट लिन सफल भए ।
योसँगै सन्दीपले जारी लिगमा आफ्नो विकेट सङ्ख्या १२ पुर्याएका छ्न ।
यस अघि मेलवर्नको घरेलु मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिंग गरेको मेलवर्नले निर्धारित २० ओभर पुरै ब्याटिङ गर्दै ६ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो ।
मेलवर्नका लागि हिल्टन कार्टराइटले सर्वाधिक ५८ रन बनाउँदा कप्तान ग्लेन म्याक्सवेलले २५ र निक लार्किनले २४ रनको योगदान गरेका थिए ।
बलिङतर्फ पर्थका माथ्यु केलीले ३ विकेट लिए भने फवाद अहमद र रिचर्डसनले समान १/१ विकेट लिएका थिए ।
यो जितसँगै मेलवर्नले ११ खेलबाट १० खेलमा जित हासिल गर्दै २० अंकका साथ पहिलो स्थानमा यथावत रहेको छ ।