उपाधिका लागि पुलिसले पायो मध्यम चुनौती
सुनसरी ( अनलाइन खेलखबर ) – सुनसरीको इनरुवामा जारी दोस्रो संस्करणको मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल अहिले जारी रहेको छ ।
स्थानीय इनरुवा क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको त्रिभुवन आर्मी ४८ .५ ओभरमा अलआउट हुँदै १ सय ८४ रनमा सिमित हुन पुगेको छ ।
आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक ठूलो पारी खेले । ६६ बलको सामना गरेका उनले ४ चौका सहित ४० र बनाएका थिए ।
यस्तै राजेश पुलामीले ४९ बलको सामना गर्दै ४ चौकासहित ३१ रन बनाए ।
भने ओपनर ब्याट्सम्यान राजु रिजालले २२ रनको पारी खेल्दा रोहित विक्रम शोवले १५ रन , कुशल मल्लले १३ र रोहित कुमार पौडेलले११ रन बनाउनु वाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न पनि नसक्दा टिम मध्यम स्कोरमा रोकिन बाध्य भयो ।
बलिङतर्फ नेपाल पुलिसका ललित राजबम्शी , सागर ढकाल र दिपेन्लेद्र सिह एरीले समान ३/३ विकेट लिए भने पवन सरार्फले पनि १ विकेट लिए ।
अब आर्मीले उपाधिका लागि दिएको १ सय ८५ रनको चुनौतीलाई पछ्याउदै नेपाल पुलिसले अबको केहि समयपछी जवाफी ब्याटिङ गर्नेछ ।
यता प्रतियोगिताको विजेताले नगद ४ लाख ५ हजार तथा उप विजेताले २ लाख ५ हजार प्राप्त गर्नेछ्न । भने सर्वोउत्कृष्ट खेलाडीले ५५ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सम्यानले जनहि २१/२१ हजार प्राप्त गर्नेछ्न ।