एमएम कपको उपाधिको लागि आर्मी र पुलिस भिड्ने

एमएम कपको उपाधिको लागि आर्मी र पुलिस भिड्ने

सुनसरी ( अनलाइन खेलखबर ) | सुनसरीको इनरुवामा जारी दोस्रो संस्करणको मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी भिड्ने भएका छ्न ।

बिहिबार भएको दोस्रो सेमिफाइनलमा सुदुर पश्चिमलाई ९९ रनले पराजित गरेपछी पुलिसले फाइनलमा आर्मीसँग भेट पक्का गरेको हो । पुलिसले भने सेमिफाइनलमा बाग्मती प्रदेशलाई ६४ रनले पराजित गरेको थियो ।

अब यी दुईबीच शनिबार उपाधिका लागि प्रतिष्पर्दा हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ४ लाख ५ हजार तथा उप विजेताले २ लाख ५ हजार प्राप्त गर्नेछ्न । भने सर्वोउत्कृष्ट खेलाडीले ५५ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सम्यानले जनहि २१/२१ हजार प्राप्त गर्नेछ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *