एमएम कप सेमिफाइनल : सुदुर पश्चिमविरुद्द पुलिसले सुरुमा ब्याटिङ गर्दै
सुनसरी ( अनलाइन खेलखबर ) | सुनसरीको इनरुवामा जारी दोस्रो संस्करणको मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा अहिले नेपाल पुलिस क्लब र सुदुर पश्चिम भिड्दै छ ।
इनरुवा क्रिकेट मैदानमा भर्खरै भएको टसमा टस जितेर पुलिसले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
तुलनात्मक रुपमा आजको खेलमा विभागीय नेपाल पुलिस सुदुर पश्चिममाथि हाबी हुने देखिएपनी सुदुर पश्चिममा युवा खेलाडीहरुको बाक्लो सङ्ख्या रहेको हुँदा सुदुर पश्चिमले पनि खेल आफ्नो पक्षमा पार्न सक्ने क्षमता भने राख्छ् ।
सन्तोष भट्टको कप्तानीमा रहेको सुदुर पश्चिमले विभागिय टोली पुलिसलाई पराजित गर्दै ईतिहास रच्ने सोचका साथ मैदान उत्रिदा पुलिस सुदुर पश्चिममाथि सहज जित हासिल गर्दै फाइनल पुग्न चाहनेछ ।
जारी प्रतियोगितामा पुलिसले समूह चरणमा कर्णाली प्रदेशलाई २६७ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा प्रदेश २ लाई ४६ रनले पराजित गर्दै सेमिफाइनल पुगेको थियो ।
यता सुदुर पश्चिमले जारी प्रतियोगितामा उत्तिकै राम्रो प्रदर्शन गर्दै आएको छ । जसमध्य समूहको पहिलो खेलमा सुदुर पश्चिमले पाहुना टोली मलेसिया सेलेक्सन -११ लाई ८ विकेटले पराजित गरेको थियो ।
भने दोस्रो खेलमा सुदुर पश्चिमले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनल पुग्न सफल भएको थियो ।
यता प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा बाग्मती प्रदेशलाई पराजित गर्दै त्रिभुवन आर्मी प्रतियोगिताको फाइनल पुगिसकेको छ। अब यी दुई टिमको विजेतासँग आर्मीले शनिबार उपाधिका लागि भिड्ने छ ।