अष्ट्रेलियासँग भारतको लज्जास्पद हार
एजेन्सी – भारत भ्रमणमा रहेको अष्ट्रेलियाले ३ खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा घरेलु टोली भारतमाथि सानदार जित हासिल गर्न सफल भएको छ ।
मंगलबार भएको खेलमा अष्ट्रेलियाले जित हासिल गर्ने क्रममा घरेलु टोली भारतमाथि १० विकेटले विजयी भएको हो ।
खेलमा भारतले प्रस्तुत गरेको २ सय ५६ रनको चुनौतीलाई अष्ट्रेलियाले ३७.४ ओभरमा विना विकेटको क्षतिमा पूरा गर्यो ।
भारतमाथि सानदार जित हासिल गर्ने क्रममा आरोन फिन्च र डेविट वार्नरको ओपनिङ जोडीनै प्रयाप्त बन्यो ।
जसमा डेविट वार्नर र आरोन फिन्चले शतकीय पारी खेल्न सफल भए । ११२ बलको सामना गरेका वार्नरले १७ चौका र ३ छ्क्कासहित १२८ रनमा सिमित हुन पुगे ।
यस्तै फिन्चले पनि अविजित रहँदै ११० रनको योगदान गरेपछी भारतले घरेलु भुमिमै लज्जास्पद हार ब्यहोर्न बाध्य भयो ।
त्यसअघि वानखेडे रंगशाला मुम्बईमा भएको खेलमा टस जितेर पाहुना टोली अष्ट्रेलियाले भारतलाई पहिले ब्याटिङको निम्तो दिएको थियो ।
जसअनुसार भारत ४९.१ ओभरमा अलआउट हुँदै २ सय ५५ रनमा सिमित हुन पुगेको थियो ।
ईनिङको ४.३ ओभरमा ओपनर ब्याट्सम्यान रोहित शर्मालाई ब्यक्तिगत १० रनमा गुमाएको भारतको ईनिङलाई त्यसपछि शिखर धवन र विकेट किपर ब्याट्सम्यान लोकेश राहुलले सम्हालेका थिए ।
यी दुई ब्याट्सम्यानबीच दोस्रो विकेटका लागि १ सय २१ रनको साझेदारी हुन पुगेको थियो । जसले गर्दा टिमको ईनिङलाई बढाउन ठूलो भूमिका निर्वाह गर्यो ।
२७.१ ओभरमा टिमको स्कोर १३४ रनमा टिमले दोस्रो विकेटको रुपमा लोकेशलाई ४७ रनमा गुमाएको थियो ।
६१ बलको सामना गरेका उनले उक्त पारी खेल्ने क्रममा ४ चौका प्रहार गरे ।
लोकेश पछि शिखर पनि ७४ रन बनाएर आउट हुन पुगे । ९१ बलको सामना गरेका उनले ९ चौका र १ छ्क्काको मद्दतमा उक्त रन बनाएका थिए ।
तेस्रो विकेटपछि टिमका लागि कप्तान विराट कोहलिले १६ रन , रिषभ पन्तले २८ तथा रविन्द्र जडेजाले २५ रनको योगदान गरे ।
बलिङतर्फ अष्ट्रेलियाका मिशेल स्टार्कले सर्वाधिक ३ तथा पैट कमिंस र केन रिचर्डसनले समान २/२ विकेट हात पारे । भने एडम जम्पा र एश्टन अगर पनि १/१ विकेट लिए ।
अब सिरिजको दोस्रो खेल शुक्रबार राजकोटमा हुनेछ ।