मलेसिया टोलीलाई सान्त्वना जित

मलेसिया टोलीलाई सान्त्वना जित

सुनसरी ( अनलाइन खेलखबर ) | नेपाल भ्रमण मा आएको मलेसिया सेलेक्सन -११ ले सुनसरीको इनरुवामा जारी दोस्रो संस्करणको मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा सान्त्वना जित हासिल गरेको छ ।

समूह चरणको अन्तिम खेलमा मलेसिया टोलीले जित हासिल गर्ने क्रममा गण्डकी प्रदेशलाई १ सय ९२ रनले पराजित गर्न सफल भयो ।

खेलमा मलेसिया टोलीले प्रस्तुत गरेको २ सय ९९ रनको विशाल चुनौतीलाई पछ्याएको गण्डकी २७.२ ओभरमा अलआउट हुँदै १ सय ६ रनमा सिमित हुन पुगेपछी मलेसियालाई सान्त्वना जित हासिल गर्न प्रयाप्त बन्यो ।

गण्डकीका लागि विपिन खत्रीले ४२ रन तथा प्रविन ढकालले १९ रन र विधान श्रेष्ठले १० रन बनाउनु वाहेक अन्य खेलाडीबाट उल्लेख योगदान हुन नसक्दा टिमले ठूलो हार ब्यहोर्न बाध्य भयो ।

बलिङतर्फ गण्डकीको ब्याटिङ ध्वस्त पार्ने क्रममा मलेसियाका सुहरिलले ४ तथा अनवर रहमान र विजय उन्नीले समान ३/३ विकेट चटकाए ।

त्यसअघि इनरुवा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोली मलेसियाले निर्धारित ४७ ओभर पुरै खेल्दै ८ विकेटको क्षतिमा २ सय ९८ रन बनाएको थियो ।

उसका लागि ऐनूल हकीमले सर्वाधिक ठूलो योगदान गरे । १ सय ११ बलको सामना गरेका उनले ११ चौकाको सहयोगमा उक्त रन बनाए ।

यस्तै भूषण सेभले पनि अर्धशतकीय पारी खेल्ने क्रममा ५० रन जोडे भने वीरनदीप सिंहले पनि ५० रनको योगदान टिमका लागि गरे ।

यस्तै कप्तान अहमद फैजले ३१ तथा मोहम्मद अरिफले २० रन थपे ।

बलिङतर्फ गण्डकीका विपिन खत्रीले ३ तथा चन्द्र पौडेलले २ र गोविन्द प्रधानले १ विकेट हात पारे ।

यसअघि सुदुर पश्चिमसँग पराजित भएका यी दुई टिमको खेल आज केवल प्रतिष्ठाको लागि मात्र रहेको थियो ।

यो खेलसँगै अब प्रतियोगितामा माघ १ गते पहिलो सेमिफाइनल खेल हुनेछ । जसमा त्रिभुवन आर्मी र प्रदेश ३ भिड्ने छ्न भने माघ २ गते हुने दोस्रो सेमिफाइनलमा नेपाल पुलिस र सुदुर पश्चिम प्रदेश भिड्ने छ्न ।

यता प्रतियोगिताको फाइनल खेल माघ ४ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद ४ लाख ५ हजार तथा उप विजेताले रु २ लाख ५ हजार प्राप्त गर्नेछ्न ।

यस्तै सेमिफाइनलमा पुग्ने टोलिले नगद ३० हजार प्राप्त गर्दा सर्वोउत्कृष्ट खेलाडीले ५५ हजार प्राप्त गर्नेछ्न । भने उत्कृष्ट बलर र ब्याट्सम्यानले जनहि २१/२१ हजार प्राप्त गर्नेछ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *