onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

मेलबर्नले आज सिड्नी सिक्सर्ससँग खेल्दै : सन्दीपको उच्च सम्भावना

एजेन्सी – नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने आबद्ध मेलबर्न स्टार्सले अष्ट्रेलियाको उच्च लिग बिग ब्यास अन्तर्गत आफ्नो नवौ खेलमा आज सिड्नी सिक्सर्सको सामना गर्दैछ ।

मेलबर्नको घरेलु मैदान मेलबर्न क्रिकेट मैदानमा हुने उक्त खेल नेपाली समय अनुसार दिउँसो १:५५ बाट सुरु हुनेछ ।

जारी प्रतियोगितामा राम्रो लयमा देखिएको मेलबर्न स्टार्सले आफ्नो सोहि लयलाई यथावत राख्ने सोचका साथ आज पनि मैदानमा उत्रिने छ ।

प्रतियोगितामा ८ खेल खेलिसकेको मेलबर्न अहिलेसम्म १ खेलमा मात्र पराजय हुन पुगेको छ । सुरुमा लगातार दुई खेलमा जित हासिल गरेको मेलबर्न स्टार्सले तेस्रो खेलमा आएर पराजित हुन पुगेको थियो ।

तर त्यो हारपछि राम्रो पुनरागमन गर्दै लगातार ५ खेलमा मेलबर्न स्टार्सले जित हासिल गरेको छ ।

अहिले मेलबर्न स्टार्स १४ अंकका साथ अंकतालिकाको पहिलो स्थानमा रहेको छ । भने आज स्टार्सलाई चुनौती दिन तयार सिड्नी सिक्सर्स १२ अंकका साथ मेलबर्नलाई पछ्याईरहेको छ ।

यता जारी लिगमा राम्रो प्रदर्शन गर्दै आएका सन्दीप लामिछानेलाई सिड्नी सिक्सर्सविरुद्दको खेलमा पनि स्थान दिने सम्भावना प्रवल रहेको छ । जारी लिगमा उनले ८ विकेट पनि लिन सफल भईसकेका छ्न ।

प्रतिक्रिया दिनुहोस्