विनोद र शेर चम्किँदा मलेसियाको ब्याटिङ ध्वस्त
सुनसरी ( अनलाइन खेलखबर )|सुदूरपश्चिमका स्पिनर शेर मल्ल र विनोद लामा चम्केपछि सुनसरीमा जारी दोस्रो संस्करणको मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा पाहुना टोली मलेसिया सेलेक्सन -११ ले सुदूरपश्चिम प्रदेशलाई निकै झिनो लक्ष्य प्रस्तुत गरेको छ ।
स्थानिय इनरुवा क्रिकेट मैदानमा जारी खेलमा मलेसिया टोलीले निकै खराब ब्याटिङ गर्ने क्रममा २२ ओभरमा अलआउट हुँदै ४९ रनमा सिमित हुन पुगेको छ ।
खेलमा पहिलो ओभरको चौथो बलमा टिमको स्कोर ५ रन हुँदा पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान भुसन सेभलाई ब्यक्तिगत ४ रनमा गुमाएको थियो ।
पहिलो ओभरबाटै विकेट पतन सुरु भएको मलेसियाको त्यसपछि लगातार विकेट गईरहयो । जसमा ८.३ ओभरमा मात्र १३ रन हुँदा मलेसियाले आफ्नो महत्वपूर्ण ६ विकेट गुमाईसकेको थियो ।
मलेसियाका लागि भिरनदिप सिँहले २२ रन बनाउनु वाहेक अन्य खेलाडीले दोहोरो अंक जोडन नसक्दा टिम निकै कम स्कोरमा रोकियो ।
मलेसियाको ब्याटिङ ध्वस्त पार्ने क्रममा सुदूरपश्चिमका शेर मल्ल एक्लैले ५ विकेट लिए । आफ्नो स्पेलको १० ओभर पुरै बलिङ गरेका शेरले ३ ओभर मेडन राख्दै ११ रन खर्चिएर ५ विकेट लिए ।
यस्तै विनोद लामाले ४ विकेट तथा किरन थगुनाले १ विकेट लिए ।
अब मलेसियाले दिएको ५० रनको झिनो लक्ष्यलाई पछ्याउँदै सुदूरपश्चिमले अबको केहि समयपछि जवाफी ब्याटिङ गर्नेछ ।