श्रीलंकासँगको टि – ट्वान्टी सिरिज भारतको कब्जामा
एजेन्सी – घरेलु टोली भारतले श्रीलंकासँगको ३ खेलको टि – ट्वान्टी सिरिज आफ्नो नाममा लेखाउन सफल भएको छ ।
सिरिज अन्तर्गत शुक्रबार भएको तेस्रो तथा निर्णायक खेलमा भारतले पाहुना टोली श्रीलंकालाई ७८ रनले पराजित गरेसँगै भारतले सिरिजमा कब्जा गरेको हो ।
यसअघि सिरिजको पहिलो खेल वर्षाका कारण रद्ध हुदा दोस्रो खेलमा भारत ७ विकेटले विजयी भएको थियो ।
यता सिरिजको निर्णायक खेलमा भारतले प्रस्तुत गरेको २ सय २ रनको विशाल चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको श्रीलंका १५.५ ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय २३ रनमा सिमित हुन पुगेपछी खेल भारतले आफ्नो पक्षमा पार्न सफल भयो ।
ब्याटिङतर्फ श्रीलंकाका धनंजया डि सिल्वाले सर्वाधिक ठुलो पारी खेल्ने क्रममा ५७ रनको योगदान गरे । भने एन्जेलो मैथ्यूजले ३१ रन जोडे ।
तर यि दुई ब्याट्सम्यान बाहेक अन्य खेलाडीले उल्लेख्य योगदान गर्न नसक्दा टिम पराजित हुन पुग्यो ।
बलिङमा भारतका नभदिप शैनीले ३ तथा वासिङटन सुन्दरले तथा सार्दुल ठाकुरले समान २/२ विकेट र जसप्रितले १ विकेट लिए ।
त्यसअघि पुर्णेमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभर पुरै खेल्दै ६ विकेटको क्षतिमा २ सय १ रन बनाएको थियो ।
खेलमा राम्रो सुरुवात गरेको भारतले ओपनिङ जोडी लोकेश राहुल र शिखर धवनबाट ठोस सुरुवात प्राप्त गरेको थियो ।
यि दुई ओपनरले पहिलो विकेटका लागि ९७ रनको साझेदारी गरेका थिए । १०.५ ओभरमा पहिलो विकेटका रुपमा आउट हुन पुगेका धवनले ५४ रन बनाए ।
अर्धशतकीय पारी खेल्ने क्रममा ३६ बलको सामना गरेका उनले ७ चौका र १ छ्क्का प्रहार गरे ।
धवन पछि भारतले दोस्रो विकेटका लागि सन्जु सामसोनलाई भने सस्तैमा गुमायो । उनले मात्र ६ रन जोडे भने तेस्रो विकेटका रुपमा पभेलियन फर्किएका ओपनर ब्याट्सम्यान लोकेशले ५४ रनको योगदान गरे ।
यस्तै टिमका लागि मनिश पाण्डेले ३१ तथा कप्तान विराट कोहलीले २६ रन थप्दा सार्दुल ठाकुर २२ रनमा अविजित रहे ।
बलिङतर्फ श्रीलंका लक्सन सनदकनले सर्वाधिक ३ तथा लाहिरु कुमारा र हसरंगाले समान १/१ विकेट हात पारे ।