onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सोमपाल पुगे चितवन : दिपेन्द्र आए काठमाडौं

काठमाडौं (अनलाइन खेलखबर ) – नेपाली राष्ट्रिय टिमका महत्वपूर्ण सदस्य तथा तीब्र गतिका बलर सोमपाल कामी आगामी संस्करणको एभरेष्ट प्रिमियर लिग ( ईपीएल ) मा चितवन टाईगर्सबाट खेल्ने भएका छ्न ।

यसअघि काठमाडौं किग्स ईलाभेनबाट खेल्दै आएका सोमपाल पहिलो पटक चितवन पुगेका हुन ।

घरेलु लिगहरुमा पनि राम्रो प्रदर्शन गर्दै आएका सोमपाललाई लिएपछि चितवन अझ सन्तुलनमा देखिएको छ ।

यता सोमपाललाई विदाई गरेको काठमाडौंले नेपाली राष्ट्रिय टिमका उप – कप्तान समेत रहेका दिपेन्द्र सिँह एरिलाई भित्राएको छ । यसअघि दिपेन्द्र चितवनमा रहेका थिए ।

यस्तै काठमाडौंले नरेश बुढाएरको स्थानमा सुबास खकुरेललाई र सुशिल कडेलको स्थानमा आकाश चन्दलाई टोलीमा भित्राएको छ ।

उता पोखरा राईनोजले क्रिकेटबाट सन्यास लिएका शक्ति गौचनलाई विदाई गर्दै लोकेश बमलाई भित्राएको छ ।

यता प्रतियोगिताको मिति नजिकिदै गर्दा ईपिएलले चर्चा ब्यापक पाउँदै छ । प्रतियोगिता यहि आउँदो चैत्र १ देखि १५ गतेसम्म हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्