onlinekhelkhabar.com

Complete website for Nepali Sports News

ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिजको लागि नेपालको प्रारम्भिक टोलीको घोषणा

काठमाडौं(अनलाइन खेलखबर ) |आईसीसी विश्वकप लिग २ अन्तर्गत घरेलु मैदानमा हुने ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिजको लागि नेपाललेप्रारम्भिक टोलीको घोषणा गरेको छ ।

नेपाल क्रिकेट संघ ( क्यान ) ले शुक्रबार घोषणा गरेको प्रारम्भिक टोलीमा लोकेश बम पहिलो पटक समाबेश भएका छन ।

यु -१९ का खेलाडी लोकेश पछिल्लो समय अझ केहि समय अगाडीमात्र पोखरा प्रिमियर लिग ( पीपीएल ) मा उनले निकै राम्रो प्रदर्शन गरेका थिए ।

लोकेशसँगै प्रारम्भिक टोलीमा २४ जनालाई समाबेश गरिएको छ । जसमा चोटबाट लामो समय टिम बाहिर रहेका सुबाश खकुरेलले पुनरागमन गर्दा अन्य भने पुरानै अनुहार रहेका छ्न ।

माघ २२ देखि २९ सम्म त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने उक्त सिरिजको लागि क्यानले आज प्रारम्भिक टोली घोषणा गरेको हो ।

खेलका लागी नेपाली टोलीले बन्द प्रशिक्षण पोखरामा गर्ने छ ।

नेपाली प्रारम्भिक क्रिकेट टोली

ज्ञानेन्द्र मल्ल (कप्तान)
दीपेन्द्र सिँह एरि
मोहम्मद आरिफ शेख
अभिनास बोहरा
विनोद भण्डारी
करण केसी
कुशल भुर्तेल
ललित नारायण राजवंशी
पारस खड्का
पवन सरार्फ
कमलसिंह ऐरी
रोहित कुमार पौडेल
सोमपाल कामी
सन्दीप जोरा
सुशन भारी
शरद भेषावकर
सन्दीप लामिछाने
सुवास खकुरेल
सुनिल धमला
कुशल मल्ल
वसन्त रेग्मी
किशोर महतो
लोकेश बम
सुमित महर्जन

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *