प्रदेश २ लाई हराउँदै पुलिस एमएम कपको सेमिफाइनल प्रवेश
सुनसरी ( अनलाइन खेलखबर ) | प्रदेश २ लाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लब सुनसरीको इनरुवामा जारी दोस्रो संस्करणको मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।
शुक्रबार भएको समूह`बि´ को अन्तिम खेलमा पुलिसले प्रदेश २ लाई ४६ रनले पराजित गरेपछी समूहको विजेताको हैसियतबाट पुलिस प्रतियोगिताको सेमिफाइनल पुग्न सफल भएको हो ।
अब पुलिसले सेमिफाइनलमा समूह`डि´ को विजेतासँग माघ २ मा खेल्नेछ । त्यसअघि पहिलो सेमिफाइनलमा माघ १ गते प्रदेश ३ ले आर्मीसँग प्रतिष्पर्दा गर्नेछ ।
यता आजको खेलमा पुलिसले दिएको १ सय ८४ रनको विजयी लक्ष्यलाई पछ्याएको प्रदेश २ ४२.२ ओभरमा अलआउट हुँदै १ सय ३७ रनमा सिमित हुन पुगेपछी खेल पुलिसले आफ्नो पक्षमा पार्न सफल भयो ।
प्रदेश २ का लागि नवौं विकेट पछि मैदान प्रवेश गरेका विशाल सुशलिङले सर्वाधिक ठुलो पारी खेले । ११२ बलको सामना गरेका उनले ८ चौका र ५ छ्क्काको मद्दतमा ८० रन बनाएका थिए ।
त्यसअघि टिमले निकै खराब ब्याटिङ प्रस्तुत गरेको थियो । जसमा हरि संङ्खर शाहले १८ रन र हसिम अन्सारीले १० रन जोडदा अन्य खेलाडीले दोहोरो अंक समेत जोडन सकेका थिएनन ।
बलिङतर्फ पुलिसका दीपेन्द्र सिँह एरि र ललित भण्डारीले समान ३/३ विकेट लिए भने पवन सरार्फले २ तथा ललित राजबम्शी , सागर ढकालले पनि १/१ विकेट लिएका थिए ।
त्यसअघि स्थानिय इनरुवा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिस ४८.१ ओभरमा अलआउट हुँदै १ सय ८३ रनमा सिमित हुन पुगेको थियो ।
प्रदेश ५ का बलर कुमार थापा चम्केपछि पुलिसले सोचे अनुरुप ब्याटिङ गर्न सकेन ।
उसका लागि दीपेन्द्र सिँह एरिले सर्वाधिक ठुलो योगदान गरे ।
आठौं विकेटको रुपमा क्याच आउट हुँदै पभेलियन फर्किएका दीपेन्द्रले ६४ बलमा ५ चौका र २ छ्क्काको मद्दतमा उक्त रन बनाएका थिए ।
यस्तै टिमका लागि ओपनर ब्याट्सम्यान अमित श्रेष्ठले ३७ तथा अनिल कुमार शाहले १९ रन जोडे भने रासिद खानले पनि १६ रन जोडेका थिए ।
यि वाहेक अन्य खेलाडीको भने प्रदर्शन सम्झना लायक रहेन र टिम मध्यम स्कोरमा रोकिन बाध्य भयो ।
पुलिसको ब्याटिङलाई असजिलो बनाउँने क्रमम प्रदेश २ का कुमार थापा एक्कैले ५ विकेट लिए ।
आफ्नो स्पेलको १० ओभर पुरै बलिङ गरेका उनले ३ ओभर मेडन राख्दै ३२ रन खर्चिएर उक्त विकेट लिएका थिए ।
यस्तै राहुल प्रताप सिँह र बिवेक यादबले समान २/२ विकेट लिएका थिए ।