रेनेगेड्सले दियो मेलबर्न स्टार्सलाई मध्यम लक्ष्य : सन्दीपको नाममा २ विकेट
एजेन्सी – नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने आबद्ध मेलबर्न स्टार्सले अष्ट्रेलियाको उच्च लिग बिग ब्यास अन्तर्गत आफ्नो आठौं खेलमा अहिले मेलबर्न रेनेगेड्सको सामना गरिरहेको छ ।
मेलबर्न रेनेगेड्सको घरेलु मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मेलबर्न रेनेगेड्सले निर्धारित २० ओभर पुरै खेल्दै ७ विकेटको क्षतिमा १ सय ६८ रन बनाएको छ ।
खेलमा मेलबर्न रेनेगेड्सले राम्रो सुरुवात गर्ने क्रममा ओपनर ब्याट्सम्यानहरुले ८६ रनको साझेदारी गरेका थिए ।
१०.३ ओभरमा पहिलो विकेटको रुपमा पभेलियन फर्किएका मार्कस ह्यारिसले ४२ रन बनाए । ३२ बल मात्र सामना गरेका उनले ३ चौका र २ छ्क्का प्रहार गरे ।
मार्कस आउट भएपछि टिमले अर्का ओपनर शन मार्शलाई गुमायो । उनले ईनिङको सर्वाधिक ठुलो योगदान गरे ।
सन्दीप लामिछानेको बलमा क्याच आउट हुन अघि उनले ४३ बलको सामना गर्दै ७ चौका र २ छ्क्काको मद्दतमा उक्त रन बनाएका थिए ।
त्यसपछि टिमका लागि बीउ वेबस्टरले २५ रनको योगदान गरे । सन्दिपको बलमा आउट हुन पुगेका उनले १५ बलमा १ चौका र २ छ्क्का प्रहार गरे । यस्तै कप्तान डानियल क्रिश्चियनले १२ तथा टोपरले १५ रन जोडे ।
बलिङतर्फ मेलबर्न स्टार्सका सन्दीपले ४ ओभर बलिङ गर्दै ३९ रन खर्चिएर २ विकेट लिए ।
यो सँगै जारी लिगमा सन्दीपले आफ्नो विकेट सङ्ख्या ८ पुर्याएका छ्न । यस्तै नार्थन कुल्टर नाइलले २ तथा हरिस रउफको नाममा पनि १ विकेट रहयो ।