मेलबर्न स्टार्सले सुरुमा बलिङ गर्ने : सन्दीप अन्तिम ११ मा पर्न सफल
एजेन्सी – नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने आबद्ध मेलबर्न स्टार्सले अष्ट्रेलियाको उच्च लिग बिग ब्यास अन्तर्गत आफ्नो आठौं खेलमा अहिले मेलबर्न रेनेगेड्सको सामना गर्दैछ ।
रेनेगेड्सको घरेलु मैदानमा भर्खरै भएको टसमा टस जितेर मेलबर्न स्टार्सले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । र अब मेलबर्न रेनेगेड्सले ब्याटिङ गर्नेछ ।
जारी प्रतियोगितामा राम्रो लयमा देखिएको मेलबर्न स्टार्सले आफ्नो सोहि लयलाई यथावत राख्ने सोचका साथ यो खेलमा रहने छ ।
प्रतियोगितामा ७ खेल खेलिसकेको मेलबर्न अहिलेसम्म १ खेलमा मात्र पराजय हुन पुगेको छ । सुरुमा लगातार दुई खेलमा जित हासिल गरेको मेलबर्न स्टार्सले तेस्रो खेलमा आएर पराजित हुन पुगेको थियो ।
तर त्यो हारपछि राम्रो पुनरागमन गर्दै लगातार ४ खेलमा मेलबर्न स्टार्सले जित हासिल गरेको छ ।
अहिले मेलबर्न स्टार्स १२ अंकका साथ अंकतालिकाको पहिलो स्थानमा रहेको छ । भने आज स्टार्सलाई चुनौती दिन तयार मेलबर्न रेनेगेड्स अंकविहिन पुछारमा रहेको छ ।
यता जारी लिगमा राम्रो प्रदर्शन गर्दै आएका सन्दीप लामिछानेलाई मेलबर्न रेनेगेड्सविरुद्दको खेलमा पनि अन्तिम ११ मा समाबेश गरिएको छ ।
जारी लिगमा उनले ६ विकेट पनि लिन सफल भईसकेका छ्न ।