onlinekhelkhabar.com

Complete website for Nepali Sports News

कुमार थापा चम्किँदा विभागीय टोली पुलिसको मध्यम चुनौती

सुनसरी ( अनलाइन खेलखबर ) | दोस्रो संस्करणको मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता ( एमएम कप ) मा विभागीय टोली नेपाल पुलिसले प्रदेश २ लाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

समूह`बि´ को यस अन्तिम खेल जसले सेमिफाइनल निर्धारण गर्नेछ । जसमा स्थानिय इनरुवा क्रिकेट मैदानमा अहिले जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिस ४८.१ ओभरमा अलआउट हुँदै १ सय ८३ रनमा सिमित हुन पुगेको छ ।

प्रदेश ५ का बलर कुमार थापा चम्केपछि पुलिसले सोचे अनुरुप ब्याटिङ गर्न सकेन ।

उसका लागि दीपेन्द्र सिँह एरिले सर्वाधिक ठुलो योगदान गरे । आठौं विकेटको रुपमा क्याच आउट हुँदै पभेलियन फर्किएका दीपेन्द्रले ६४ बलमा ५ चौका र २ छ्क्काको मद्दतमा उक्त रन बनाएका थिए ।

यस्तै टिमका लागि ओपनर ब्याट्सम्यान अमित श्रेष्ठले ३७ तथा अनिल कुमार शाहले १९ रन जोडे भने रासिद खानले पनि १६ रन जोडेका थिए ।

यि वाहेक अन्य खेलाडीको भने प्रदर्शन सम्झना लायक रहेन र टिम मध्यम स्कोरमा रोकिन बाध्य भयो ।

पुलिसको ब्याटिङलाई असजिलो बनाउँने क्रमम प्रदेश २ का कुमार थापा एक्कैले ५ विकेट लिए ।

आफ्नो स्पेलको १० ओभर पुरै बलिङ गरेका उनले ३ ओभर मेडन राख्दै ३२ रन खर्चिएर उक्त विकेट लिएका थिए ।

यस्तै राहुल प्रताप सिँह र बिवेक यादबले समान २/२ विकेट लिएका थिए ।

जारी प्रतियोगितामा यसअघि त्रिभुवन आर्मि र प्रदेश ३ सेमिफाइनल पुगिसकेका छ्न र अहिले यो खेल जित्ने टिम पनि सेमिफाइनल पुग्नेछ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *