onlinekhelkhabar.com

Complete website for Nepali Sports News

हसिम अन्सारीको सानदार ब्याटिङमा प्रदेश २ को विजयी सुरुवात

सुनसरी ( अनलाइन खेलखबर ) | दोस्रो संस्करणको मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा प्रदेश २ ले विजयी सुरुवात गर्ने क्रममा कर्णालीलाई ८ विकेटले पराजित गरेको छ ।

खेलमा कर्णालीले दिएको १ सय ३० रनको विजयी चुनौतीलाई प्रदेश २ ले २२.५ ओभरमा मात्र २ विकेट गुमाएर भेटायो ।

प्रदेश २ लाई प्रतियोगितामा पहिलो जित दिलाउँने क्रममा हसिम अन्सारीले सानदार ब्याटिङ गरे ।

अविजित रहेका हसिमले ७३ बलको सामना गर्दै ११ चौका र १ छ्क्काको मद्दतमा ८० रन बनाए । यस्तै उनलाई साथ दिएका सुरज पटेलले पनि अविजित रह्दै ३३ रन बनाए ।

बलिङतर्फ कर्णालीका अनुज चुनरा र दिनेश अधिकारीले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि सुधिर चौधरीले २ तथा हरि सङ्खर साहले ५ रन बनाएका थिए ।

कर्णाली प्रदेशले प्रदेश २ लाई सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

त्यसअघि इनरुवा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली प्रदेश ३१.५ ओभरमा अलआउट हुँदै १ सय २९ रनमा सिमित हुन पुगेको थियो ।

खेलमा कर्णालीका कप्तान रविन्द्र जँग शाहीले कप्तानी पारी खेल्ने क्रममा ४६ रनको योगदान गरे ।

ईनिङको सर्वाधिक ठूलो पारी खेल्ने क्रममा उनले ६८ बलको सामना गर्दै ६ चौका र १ छ्क्काको सहयोगमा उक्त रन बनाएका थिए ।

यस्तै कर्णालीका दिवान पुनले २३ रन , प्रकाश जैशीले १५ रन र विपिन रावलले १० रन बनाउनु बाहेक अन्य खेलाडीबाट उल्लेख योगदान गर्न नसक्दा टिम कम स्कोरमा रोकिन बाध्य भयो ।

बलिङतर्फ मेहबुब आलमले सर्वाधिक ३ तथा हरि सङ्खर शाह , आदिल अन्सारीले समान २/२ विकेट लिए भने कुमार थापाको नाममा १ विकेट रहयो ।

यो हारसँगै समूह`बि´ बाट कर्णाली प्रदेश प्रतियोगिताबाटै बाहिरिएको छ । अब समूहको अन्तिम खेलमा शुक्रबार प्रदेश २ र पुलिस भिड्ने छ्न । यो खेलमा विजयी टोली प्रतियोगिताको सेमिफाइनल पुग्नेछ ।

समूह`बि´ मा रहेको कर्णाली आफ्नो पहिलो खेलमा नेपाल पुलिस क्लबसँग फराकिलो अन्तरले पराजित हुने क्रममा २ सय ६७ रनले पराजित भएको थियो ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *