onlinekhelkhabar.com

Complete website for Nepali Sports News

प्रदेश २ सामु कर्णालीद्वारा झिनो लक्ष्य प्रस्तुत

सुनसरी ( अनलाइन खेलखबर ) | दोस्रो संस्करणको मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले प्रदेश २ लाई सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

इनरुवा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली प्रदेश ३१.५ ओभरमा अलआउट हुँदै १ सय २९ रनमा सिमित हुन पुग्यो ।

खेलमा कर्णालीका कप्तान रविन्द्र जँग शाहीले कप्तानी पारी खेल्ने क्रममा ४६ रनको योगदान गरे ।

ईनिङको सर्वाधिक ठूलो पारी खेल्ने क्रममा उनले ६८ बलको सामना गर्दै ६ चौका र १ छ्क्काको सहयोगमा उक्त रन बनाएका थिए ।

यस्तै कर्णालीका दिवान पुनले २३ रन , प्रकाश जैशीले १५ रन र विपिन रावलले १० रन बनाउनु बाहेक अन्य खेलाडीबाट उल्लेख योगदान गर्न नसक्दा टिम कम स्कोरमा रोकिन बाध्य भयो ।

बलिङतर्फ मेहबुब आलमले सर्वाधिक ३ तथा हरि सङ्खर शाह , आदिल अन्सारीले समान २/२ विकेट लिए भने कुमार थापाको नाममा १ विकेट रहयो ।

समूह`बि´ मा रहेको कर्णाली आफ्नो पहिलो खेलमा नेपाल पुलिस क्लबसँग फराकिलो अन्तरले पराजित हुने क्रममा २ सय ६७ रनले पराजित भएको थियो ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *