विश्व चर्चित क्रिकेट मैदानमा सन्दीपद्वारा `भ्रमण वर्ष २०२०´ को प्रचार
एजेन्सी – नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने अहिले अष्ट्रेलियाको उच्च लिग बिग ब्यासका लागि अष्ट्रेलियामा रहेका छ्न ।
बिग ब्यासका दौरान अहिले उनको टिम मेलबर्न स्टार्सबाट खेल खेल्दैछ्न । जारी लिगमा उनको प्रदर्शन पनि राम्रो हुँदै आएको छ ।
यसबीचमा नेपाल सरकारले मनाउँदै आएको भ्रमण वर्ष -२०२० को प्रचाररार्थ सन्दीपले आफुले प्रयोगमा ल्याउँने जुत्तामा ‘नेपाल भ्रमण वर्ष २०२०’ लेखेका छ्न । यस्तै अर्को जुत्तामा ‘बुसफायर हिरोज’ लेखेर नमस्तेको सिम्बोल उल्लेख गरेका छ्न ।
जसले विश्वसामु केहि हदसम्म भएपनि यस अभियानको प्रचारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यसअघि मंगलबार अष्ट्रेलियामा नेपाल भ्रमण वर्ष २०२० को भव्य उद्घाटन समेत गरिएको थियो ।
उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गरेका थिए ।
सोहि क्रममा नेपालीहरुले अस्ट्रेलियाको डढेलो पीडितका लागि सहयोग जुटाउनका लागि चन्दा बाल्टिनहरु बोकेका थिए ।
केहीले जिवजन्तुहरुका लागि सहयोग संकलन समेत गरेका थिए ।
मन्त्री भट्टराईले अस्ट्रेलियामा डढेलोका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल र नेपाली जनता अस्ट्रेलियाको दुःखमा साथमा रहेको समेत बताएका थिए ।
अहिले भ्रमण वर्ष -२०२० लाई सफल पार्न विभिन्न प्रचारप्रसारका कार्यसमेत विभिन्न मुलुक तथा स्वदेशमा हुँदै आएको पनि छ ।