onlinekhelkhabar.com

Complete website for Nepali Sports News

सन्दिपको टिम मेलबर्नको बिग ब्यासमा छैटौं जित

एजेन्सी – नेपाली युवा क्रिकेटर स्पिनर सन्दीप लामिछाने आबद्द मेलबर्न स्टार्सले बिग ब्यास लिग (बीबीएल)मा छैटौं जित हासिल गरेको छ ।

बुधबार भएको खेलमा मेलबर्नले जित निकाल्ने क्रममा सिड्नी थन्डरलाई ६ विकेटले पराजित गरेको थियो ।

खेलमा सिड्नीले प्रस्तुत गरेको १ सय ४७ रनको विजयी लक्ष्यलाई मेलबर्नले १७.५ ओभरमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।

मेलबर्नलाई लिगमा छैटौं जित दिलाउँने क्रममा ग्लेन म्याक्सवेलले कप्तानी पारी खेले ।

अविजित रहेका म्याक्सवेलले अर्धशतकीय पारी खेल्ने क्रममा ५९ रन बनाए । ३७ बलको सामना गरेका उनले ८ चौका र १ छ्क्काको मद्दतमा उक्त रन बनाएका थिए ।

यस्तै मेलबर्नका लागि मार्कुस स्टोनिसले पनि ५० रनको योगदान दिएका थिए ।

बलिङतर्फ सिड्नीका डानियल स्याम्स, जोनथन कुक र अर्जुन नायरले समान १/१ विकेट लिए ।

त्यसअघि मेलबर्नको घरेलु मैदान मेलबर्न क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सिडनीले निर्धारित २० ओभर पुरै खेल्दै मात्र ५ विकेटको क्षतिमा १ सय ४५ रन बनाउन सफल भएको थियो ।

सिडनीका लागि मैथ्यू गिलक्सले सर्वाधिक ठुलो योगदान दिने क्रममा ४१ रन बनाए । ३५ बलको सामना गरेका उनले १ चौका र २ छ्क्काको मद्दतमा उक्त रन बनाए ।

यस्तै टिमका लागि कप्तान कैलम फर्ग्यूसनले ३५ रन तथा उस्मान ख्वाजाले ३३ रन र एलेक्स हेल्सले २६ रनको योगदान गरे ।

बलिङतर्फ मेलबर्नका हरिफ रौफले ह्याटरिक सहित ३ विकेट लिए भने आदम जम्पा र नथन कोल्टर नाईलले समान १/१ विकेट लिएका थिए ।

यता नेपालका सन्दीप लामिछानेले भने आजको खेलमा केहि महँगा सावित हुने क्रममा ४ ओभरमा ३९ रन खर्चिएका थिए ।

यो जितसँगै मेलबर्न ७ खेलबाट ६ खेलमा जित हासिल गर्दै १२ अंकका साथ अंकतालिकाको पहिलो स्थानमा रहेको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *