onlinekhelkhabar.com

Complete website for Nepali Sports News

सिड्नीले मेलबर्नलाई दियो मध्यम चुनौती : सन्दीप महँगा सावित

एजेन्सी – नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्सले आफ्नो सातौं खेलमा सिडनी थंडरबाट १ सय ४६ रनको विजयी लक्ष्य प्राप्त गरेको छ ।

मेलबर्नको घरेलु मैदान मेलबर्न क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सिडनीले निर्धारित २० ओभर पुरै खेल्दै मात्र ५ विकेटको क्षतिमा १ सय ४५ रन बनाउन सफल भएको छ ।

सिडनीका लागि मैथ्यू गिलक्सले सर्वाधिक ठुलो योगदान दिने क्रममा ४१ रन बनाए । ३५ बलको सामना गरेका उनले १ चौका र २ छ्क्काको मद्दतमा उक्त रन बनाए ।

यस्तै टिमका लागि कप्तान कैलम फर्ग्यूसनले ३५ रन तथा उस्मान ख्वाजाले ३३ रन र एलेक्स हेल्सले २६ रनको योगदान गरे ।

बलिङतर्फ मेलबर्नका हरिफ रौफले ह्याटरिक सहित ३ विकेट लिए भने आदम जम्पा र नथन कोल्टर नाईलले समान १/१ विकेट लिएका थिए ।

यता नेपालका सन्दीप लामिछानेले भने आजको खेलमा केहि महँगा सावित हुने क्रममा ४ ओभरमा ३९ रन खर्चिएका थिए ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *