onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

इनरुवामाथि एपीएफको जित

इनरुवा ( अनलाइन खेलखबर ) | विभागीय टोली एपीएफले सुनसरी जिल्लास्थित इनरुवामा जारी दोस्रो संस्करणको मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको समूहको अन्तिम खेलमा जित हासिल गर्ने क्रममा आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टर ( एमएमसीसी ) लाई ८३ रनले पराजित गरेको छ ।

खेलमा एपीएफले प्रस्तुत गरेको २ सय ५ रनको विजयी लक्ष्यलाई पछ्याएको एमएमसीसी ३६.२ ओभरमा अलआउट हुँदै १ सय २१ रनमा सिमित हुन पुग्दा खेल एपीएफले आफ्नो पक्षमा पार्न सफल भयो ।

एमएमसीसीका लागि रवी रोयले सर्वाधिक २६ रन बनाए भने रुपेश श्रीवास्तवले २३ र विवेक मेहताले १५ रन बनाउनु बाहेक अन्य खेलाडीले उलेख्य योगदान गर्न नसक्दा टिम पराजित हुन पुग्यो ।

बलिङतर्फ एपीएफका सुर्य तामाङले ४ तथा बसन्त रेग्मीले ३ विकेट लिएका थिए ।यस्तै यज्ञमान कुमालले २ र अमर सिह रौटेलाले पनि १ विकेट हात पारे ।

त्यसअघि इनरुवा क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफ ४३.४ ओभरमा अलआउट हुँदै २ सय ४ रन बनाएको थियो ।
एपीएफलाई ठूलो योगफलसम्म पुर्याउन सुमित महर्जनले राम्रो योगदान गरे । १०७ बलको सामना गरेका उनले ७ चौकाको मद्दतमा ८३ रन बनाएका थिए ।

यस्तै टिमका लागि ओपनर ब्याट्सम्यान सङखर रानाले ३६ रन , प्रदिप एरीले १९ रन , सन्दीप जोरा र बसन्त रेग्मीले समान १२/१२ रन बनाएका थिए ।

बलिङतर्फ एमएमसीसीका सरोज बस्नेतले ४ विकेट लिए भने सोनु मण्डल , अल्फज मन्सुरी र भोपाल लुईटेलले समान २/२ विकेट लिएका थिए ।

अब प्रतियोगिता अन्तर्गत मंगलबार समूह ‘ए ‘ को अन्तिम खेल हुनेछ । जसमा सेमिफाइनल नजिक पुगेको त्रिभुवन आर्मीले आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टर भिड्ने छन ।

प्रतिक्रिया दिनुहोस्