सुमित चम्किँदा एपीएफद्वारा एमएमसीसीलाई ठूलो लक्ष्य प्रस्तुत
इनरुवा ( अनलाइन खेलखबर ) | सुमित महर्जन चम्किँदा विभागीय टोली एपीएफले सुनसरीको इनरुवामा जारी दोस्रो मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता ( एमएम ) कममा आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टर ( एमएमसीसी ) लाई ठूलो विजयी लक्ष्य प्रस्तुत गरेको छ ।
स्थानीय इनरुवा क्रिकेट मैदानमा अहिले जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफ ४३.४ ओभरमा अलआउट हुँदै २ सय ४ रन बनाएको छ ।
एपीएफलाई विशाल योगफलसम्म पुर्याउन सुमित महर्जनले ठुलो योगदान गरे १०७ बलको सामना गरेका उनले ७ चौकाको मद्दतमा ८३ रन बनाएका थिए ।
यस्तै टिमका लागि ओपनर ब्याट्सम्यान सङखर रानाले ३६ रन , प्रदिप एरीले १९ रन , सन्दीप जोरा र बसन्त रेग्मीले समान १२/१२ रन बनाएका थिए ।
बलिङतर्फ एमएमसीसीका सरोज बस्नेतले ४ विकेट लिए भने सोनु मण्डल , अल्फज मन्सुरी र भोपाल लुईटेलले समान २/२ विकेट लिएका थिए ।
अब एपीएफले प्रस्तुत गरेको २ सय ५ रनलाई पछ्याउदै एमएमसीसीले अबको केहि समयपछी जवाफी ब्याटिङ गर्नेछ ।