एडम जम्पाद्वारा सन्दीपको खुलेरै प्रशंसा
एजेन्सी – नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेलाई मेलबर्न स्टार्सका अष्ट्रेलियन खेलाडी एडम जम्पाले खुलेरै प्रशंसा गरेका छन ।
अहिले जारी अष्ट्रेलियाको उच्च लिग बिग ब्यासमा एउटै टिममा खेलिरहेका सन्दीप् र जम्पाबीच मित्रता गहिरो समेत बन्दै गएको छ ।
जसअन्तर्गत जम्पाले फोक्स क्रिकेटसँगको एक अन्तर्वार्तामा सन्दीपको खुलेरै प्रशंसा समेत गर्ने क्रममा सन्दीप युवा र सिक्दै गरेका खेलाडी रहेको उल्लेख गरेका छन ।
उक्त अन्तर्वार्ताका दौरान सन्दीप विकेट लिन मन पराउने गर्छन र त्यसमा उनले राम्रो पनि गरिरहेका पनि छन तर कहिलेकाँही उनी रक्षात्मक हुन्छन र रक्षात्मक बलिङ सिक्न चाहने बताएका छन ।
यस्तै थप्दै उनले सन्दीप वास्तवमै राम्रो केटा र साँच्चिकै राम्रो स्रोता समेत रहेको बताए । र ‘उनलाई विकेट लिन मन धेरै मन पर्छ सन्दीप सिक्ने कुरामा उ पछाडी रहदैन’ जम्पाले भने ।
यता बिग ब्यासमा दुवै खेलाडी पनि राम्रो प्रदर्शन गर्दै आएका छन । टिमलाई जिताउन दुवैको प्रदर्शन महत्वपूर्ण भूमिकापनि निर्वाह समेत गरेको छ ।
अहिले उनिहरुको टिम मेलबर्न स्टार्स पनि लिगको पहिलो स्थानमा रहेको छ । अहिलेसम्म ६ खेल खेले सकेको मेलबर्न ५ खेलमा जित र १ हार व्यहोर्दै १० अंकका साथ अंकतालिकाको शीर्षस्थानमा रहेको छ ।
यता सन्दीपले पनि जारी खेलमा ६ विकेट हात पारि सकेका छन भने जम्पाले ७ विकेट लिन सफल भएका छन ।