आर्मी लाई पराजित गर्दै एपीएफ ले चुम्यो दोस्रो प्रधानमन्त्री कप को उपाधी
जेठ २८ , अनलाईन खेलखबर || राष्ट्रिय खेलकुद परिषद् ( राखेप )को आयोजना तथा नेपालय इन्टरनेशनलको व्यवस्थापन मा राजधानि मा सम्पन्न नेपालको सबैभन्दा ठूलो एकदिवसीय प्रतियोगिता प्रधानमन्त्री कप को दोस्रो सस्कंरण को बिजेता एपीएफ भएको छ । आज भएको फाईनल मा आर्मि लाई ६ बिकेट ले पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो ।
मध्यम स्कोर २१० रनको लक्ष्य लिएर जवाफी ब्याटिङ मा उत्रिएको सशस्त्र ले ४१.२ ओवर मा मात्र ४ बिकेट गुमाएर लक्ष्य भेटायो । सुरुवात देखि नै राम्रो लय मा देखिएको एपिएफ का लागि प्रदिप एरि र अनिल शाह ले समान ६३ /६३ को महत्त्वपूर्ण पारिखेल्दै जित तर्फ लगेका थिए ।यस्तै पृथ्यु बास्कोटा ले ३२ रन , राहुल पुलामी मगर ले १५ रन र करन केसि ले १५ रनको पारी खेलेका थिए ।
यसअघि त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान किर्तिपुर मा टस जितेर पहिले ब्याटिङ गरेको त्रिभुवन आर्मी ले निर्धारित पुरै ५० ओवर खेल्दै अलआउट हुँदै २ सय ९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । आर्मी ले सुरुवात भने मध्यम स्तर मा गरेको थियो टिमको ५२ रन हुदाँ ३ बिकेट गुमाई सकेको थियो । ओपनर सागर लाई ८.१ ओवर मा मात्र ५ रन मा गुमाएको आर्मी ले दोस्रो बिकेट का रुपमा अनिल मन्डल लाई १६.५ ओवर मा १९ रन मा गुमायो यस्तै राजु रिजाल लाई तेस्रो बिकेट का रुपमा ६ रन मा गुमाएको थियो ।यसपछि आर्मी लाई सम्मानजनक स्कोर तर्फ भिम सार्की को सर्बाधिक ४५ रन र कप्तान बिनोद भन्डारी को ३५ तथा सोमपाल कामी को ३६ रन को पारी महत्त्वपूर्ण रहयो । यस्तै नरेश बुढाएर ले २० रन र राजेश पुलामी मगर ले पनि २७ रनको पारी खेलेका थिए ।
बलिग तर्फ सशस्त्र का लागि करन केसि ले सर्बाधिक ३ बिकेट लिए उनले पुरै १० ओवर खेल्दै ३८ रन खर्चेर उक्त बिकेट लिएका हुन । यस्तै भुवन कार्की र वसन्त रेग्मी ले पनि २/२ विकेट हात पार्दा पवन सरार्फ र अमर सिँह रौटेला ले पनि १/१ विकेट लिन सफल भए ।
जित सगै एपीएफ ले २० लाख नगद प्राप्त गरेको छ भने आर्मी ले १० लाख मा चित्त बुझाउन बाध्य भयो ।
प्रतियोगिता मा ७ प्रदशिय टिम र ३ विभागीय टिम त्रिभुवन आर्मि कल्ब , नेपाल पुलिस क्लब र शसस्त्र प्रहरी क्लब गरि कुल १० टिमको सहभागिता रहेको थियो ।