बिएमड्ब्लु क्रिकेट कपको उपाधि रोयल राईनोज क्रिकेट क्लबलाई

बिएमड्ब्लु क्रिकेट कपको उपाधि रोयल राईनोज क्रिकेट क्लबलाई

काठमाडौं( अनलाइन खेलखबर ) | अष्ट्रेलियाको मेलबर्नमा भएको बिएमड्ब्लु क्रिकेट कपको उपाधि रोयल राईनोज क्रिकेट क्लबले उचालेको छ ।

आईतबार भएको प्रतियोगिताको फाइनल खेलमा रोयल राईनोजले उपाधि उचाल्ने क्रममा निकै रोमान्चक बनेको खेलमा राईनोजले सगरमाथा क्रिकेट क्लबलाई सुपर ओभरमा पराजित गरेको थियो ।

खेलमा सुरुमा सगरमाथाले ब्याटिङ गर्दै निर्धारित २० ओभर पुरै खेल्दै ७ विकेट गुमाएर १ सय ३८ रन बनाएको थियो ।

सगरमाथाका लागि आशिष जिसीले सर्वाधिक ठुलो योगदान गरे । अर्धशतकीय पारी खेलेका थिए । ३२ बलको सामना गरेका उनले ३ चौका र २ छक्काको मद्दतमा ५४ रन बनाएका थिए ।

यस्तै टिमका लागि अविनाश पौडेलले २६ तथा कुशल तुलाथरले १७ रन बनाएका थिए ।

बलिङतर्फ राईनोजका निरज श्रेष्ठले ३ तथा निराजन कार्की र पुकार भण्डारीले समान १/१ विकेट हात पारेका थिए ।

त्यसपछी सगरमाथाले प्रस्तुत गरेको १ सय ३९ रनको विजयी लक्ष्यलाई पछ्याएको रोयल राईनोजले २० ओभर पुरै खेल्दै ७ विकेटको क्षतिमा १ सय ३८ रनमा सिमित भएपछी खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा रोयल राईनोजले १३ रन बनाउँदा सगरमाथा ११ रनमा सिमित हुन पुगेको रोयल राईनोज च्याम्पियन हुन सफल भयो ।

सुपर ओभर अघि रोयल राईनोजका मोहन पुनले सर्वाधिक ठूलो योगदान दिने क्रममा ५८ रन बनाएका थिए ।
यस्तै मनोज तन्डनले २४ तथा निरज श्रेष्ठले ११ रन बनाएका थिए ।

बलिङतर्फ सगरमाथाका कुशल तुलाधरले ३ तथा समित सयाल थापा , निकेश खनाल र सजेंद्र श्रेष्ठले समान १/१ विकेट हात पारे ।

यता प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी अनिनाश पौडेल घोषित भएका थिए ।

रोयल राइनोज क्रिकेट क्लबको आयोजनामा तथा बिएमड्ब्लु एजुकेसन कन्सल्टेन्सीको मुख्य प्रायोजनमा भएको यस प्रतियोगितामा अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायका ८ टिमको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *