एपीएफमाथि आर्मीको सानदार जित
इनरुवा ( अनलाइन खेलखबर ) | विभागीय टोली त्रिभुवन आर्मीले सुनसरीको इनरुवामा जारी दोस्रो संस्करणको मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) मा सानदार विजयी सुरुवात गरेको छ ।
आईतबार समूह ‘ए ‘ मा रहेको आर्मीले पहिलो जित हासिल गर्ने क्रममा अर्को विभागीय टोली एपीएफलाई १ सय ८ रनले पराजित गर्न सफल भयो ।
खेलमा आर्मीले प्रस्तुत गरेको २ सय ८२ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको एपीएफ ३९.३ ओभरमा अलआउट हुँदै १ सय ७३ रनमा सिमित भएपछी आर्मीले खेल आफ्नो पक्षमा पार्न सफल भयो ।
एपीएफका लागि सङखर रानाले सर्वाधिक ३२ रनको योगदान गरे । यस्तै टिमका लागि पृथु वास्कोटाले २६ रन , सुमित महर्जन र सन्दिप जोराले समान २३/२३ रन बनाएका थिए ।
बलिङतर्फ आर्मीका शाहब आलमले ३ तथा कुशल मल्लले २ विकेट लिदा बिक्रम शोव र सुशन भारीले समान २/२ विकेट हात पारे ।
त्यसअघि इनरुवास्थित क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको त्रिभुवन आर्मीले निर्धारित ४६ ओभर पूरै ब्याटिङ गर्दै सबै विकेट गुमाएर २ सय ८१ रन बनाएको थियो ।
खेलमा मध्यम सुरुवात गरेको आर्मीले पहिलो विकेट १३.६ ओभरमा टिमको स्कोर ३७ रन हुँदा ओपनर ब्याट्सम्यान राजु रिजाललाई व्यक्तिगत ९ रनमा गुमाएको थियो ।
सुर्य तामाङको बलमा आशिफ शेखको हातबाट क्याच आउट हुनअघि राजुले ३७ बलको सामना गर्दै १ चौकाको सहयोगमा उक्त रन बनाएका थिए ।
राजु आउट भएपछी हरी बहादुर चौहानले भने टिमलाई निराश बनाए । दोस्रो विकेटका रुपमा आउट हुन पुगेका हरीले खाता खोल्न समेत हुन सकेनन् उनि बसन्त रेग्मीको बलमा आउट हुन पुगेका थिए ।
त्यसपछी टिमको पारीलाई ओपनर ब्याट्सम्यान अनिल कुमार साह र कुशल मल्लले सम्हालेका थिए । यी दुईबीच तेस्रो विकेटका लागि ८५ रनको साझेदारी हुन पुगेको थियो ।
२६.२ ओभरमा तेस्रो विकेटका रुपमा आउट भएका अनिल कुमार मन्डलले ४१ रनको योगदान गरे ।
यस्तै टिमका लागी ठुलो योगदान गरेका कुशल मल्लले शतकीय पारी खेले । ६३ बलको सामना गरेका उनले ५ चौका र १३ छ्क्काको मद्दतमा उनले १ सय ११ रन बनाएका थिए ।
यता टिमका लागी रोहित कुमार पौडेलले २६ , राजेश पुलामी मगरले ३८ रन तथा विक्रम शोबले १४ रनको योगदान गरेका थिए ।
बलिङतर्फ एपीएफका बसन्त रेग्मीले ४ तथा अमर सिँह रौटेलाले २ तथा अभिनाश बोहरा र सुर्य तामाङले समान १/१ विकेट लिएका थिए ।