onlinekhelkhabar.com

Complete website for Nepali Sports News

नेपाल र बंगलादेशले सयुक्त रुपमा उचाल्यो अल इन्डिया वुमेन्स टि- ट्वान्टीको उपाधि

एजेन्सी – भारतको तेलन्गाना राज्यस्थित खम्मममा भएको अल इन्डिया वुमेन्स टि ट्वान्टी प्रतियोगिताको उपाधि नेपाल र बंगलादेशले सयुक्त रुपमा उचालेका छ्न ।

शुक्रबार भएको प्रतियोगिताको फाइनल खेलमा खेललाई वर्षाले प्रवाभित गरेपछी दुबै टिमले सयुक्त रुपमा च्याम्पियन बनेका हुन ।

फाइनल खेलमा नेपालले दिएको १ सय ६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको बंगलादेश पहिलो ओभर भित्र ४ रन बनाएको अवस्थामा मैदानमा पानी परेपछी अन्त्तत खेल रद्द नै हुन पुगेको थियो ।

जसले गर्दा दुबै टिमलाई विजेता घोषित गतिएको थियो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभर पुरै खेल्दै ५ विकेटको क्षतिमा १ सय ५ रन बनाएको थियो ।

नेपालका लागी कप्तान रुविना क्षेत्रीले सर्वाधिक ठुलो योगदान गर्ने क्रममा अर्धशतकिय पारी खेल्दै ५२ रन बनाएकी थिईन ।

यस्तै टिमका लागी शोभा आलेले २१ रनको योगदान दिइन् । भने अप्सरी बेगमले ९ रन तथा रितु कनौजिया ८ रनमा अविजित रहेकी थिइन ।

बलिङतर्फ बंगलादेशकी तिथी रानी सरकार, फेदुसी, शोरिफा खातुन र फतिमा अख्तरले समान १/१ विकेट हात पारेका थिए ।

पुस ३०देखी सुरु भएको प्रतियोगितामा नेपाल र बंगलादेशसहित कुल ८ टिमको सहभागीता रहेको थियो । जसलाई दुई समूहमा विभाजन गरि प्रतियोगिता सुचारु गरिएको थियो ।

नेपाल प्रतियोगिता भर अपराजित रहेको थियो । समुह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा तामिल नाडुलाई ७७ रनले पराजित गरेको थियो ।

भने दोस्रो खेलमा नेपालले पञ्जावमाथि ७८ रनले विजयी भएको थियो । भने समूहको अन्तिम खेलमा नेपालए जम्मु कश्मिरलाई ७ विकेटले पराजित गरेको थियो भने सेमिफाइनलमा रागिनी महाराष्ट्रलाई २७ रनले पराजित गर्दै नेपाल प्रतियोगिताको फाइनल प्रवेश गरेको थियो ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *