दक्षिण अफ्रिकाका पूर्व कप्तान हसिम अमला नेपालमा खेल्ने पक्का

दक्षिण अफ्रिकाका पूर्व कप्तान हसिम अमला नेपालमा खेल्ने पक्का

काठमाडौं ( अनलाइन खेलखबर ) | दक्षिण अफ्रिका पूर्व कप्तान तथा ओपनर ब्याट्सम्यान हसिम अमला नेपालको चर्चित तथा प्रतिष्ठित क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग ( ईपीएल ) मा खेल्ने पक्का पक्की भएको छ ।

ईपिएलका प्रवन्ध निर्देशक आमिर अख्तरका अनुसार हसिमले ईपीएल खेल्ने ईक्छा ब्यक्त गरेको हुँदा हसिम ईपीएल खेल्नेछन ।

त्यसका लागि ईपीएलको फेंचाईज टिमले पनि अनुबन्धित गर्न लालाहित हेखिएपछी उनि नेपालि भूमिमा क्रिकेट खेल्ने पक्का भएको हो ।

हसिम अन्तराष्ट्रिय क्रिकेटमा निकै रुचाईएको खेलाडी मध्यमा पर्छन । जसका विश्वभर करौडौं समर्थकहरु पनि रहेका छन जसमा हसिमलाई पछ्याउँने नेपाली समर्थकहरु बाक्लो सङख्यामा रहेको छ ।

विश्व क्रिकेटमा सन्यास लिईसकेका हसिमले दक्षिण अफ्रिकाबाट १ सय २४ टेष्ट , १ सय ८१ एकदिवसीय र ४४ टि-ट्वान्टी खेल खेलेका छन ।

विश्व क्रिकेटमा छोटो समय राम्रो सफलता हात पारेका हसिमले टि-ट्वान्टीमा १२७७ रन र एकदिवसीयमा ८११३ रन बनाएका छन ।

यस्तै यस संस्करणमा हसिमसँगै विश्व चर्चित केहि खेलाडी आउने कुरा रहेको छ जसका लागि आयोजकले प्रकिया र आन्तरिक तयारी भईरहेको जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *