onlinekhelkhabar.com

Complete website for Nepali Sports News

चोटमुक्त हुँदै टिममा फर्किए सन्दीप

एजेन्सी – नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने आफ्नो सामान्य चोटमुक्त हुँदै आफ्नो टिम मेलबर्न स्टार्समा फर्किएका छ्न ।

अष्ट्रेलियाको उच्च लिग बिग ब्यासमा सुरुवाती चार खेल खेलेका सन्दीप चोटका कारण पाँचौ खेल सिड्नी थन्डरविरुद्द भने उपस्थिति जनाएका थिएईनन ।

उनलाई टिमले आराम दिएको थियो । र अहिले उनि फिट हुँदै पुन : खेल्न का लागी तयार पनि छ्न र टिमले शनिबार मेलबर्न रेनेगेड्सविरुद्ध हुने आफ्नो छ्ठौं खेल खेल्ने १३ खेलाडीको सूचीमा सन्दीप अटाएका छ्न ।

अब अन्तिम ११ शनिबारनै थाहा हुनेछ । तर अघिल्लो सन्दीपको प्रदर्शनलाई हेर्ने हो भने यो खेलमा स्थान पक्कै बनाउने सम्भावना समेत रहेको छ ।

जारी लिगमा सन्दीपले ४ खेलबाट ३ विकेट लिईसकेका पनि छ्न ।

यता सन्दीपको टिम मेलबर्न स्टार्सले पनि जारी लिगमा राम्रो प्रदर्शन गरिरहेको छ र अहिले मेलबर्न ५ खेलमा ४ खेलमा जित हासिल गर्दै ८ अंकका साथ अंकतालिकाको पहिलो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्