वीरगन्ज प्रिमियर लिगको खेल तालिका सार्वजनिक : उद्घाटन खेलमा हसिम र अभिनाशको टिम भिड्ने
काठमाडौं ( अनलाइन खेलखबर ) | आउँदो माघ ४ देखी पर्सा जिल्लास्थित वीरगन्जमा पहिलो पटक हुन गईरहेको वीरगन्ज प्रिमियर लिग ( वीपीएल ) को खेल तालिका सार्वजनिक भएको छ ।
बिहिबार आयोजक युनाइटेड क्रिकेट क्लबले जारी गरेको खेल तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा नेपालका अनुभवी राष्ट्रिय खेलाडी हसिम अन्सारी मार्की खेलाडी रहेको वीरगन्ज स्टार्सले अर्का राष्ट्रिय खेलाडी अभिनाश कर्ण मार्की खेलाडी रहेको डीसीसी वीरगन्जको सामना गर्ने भएको छ ।
प्रतियोगितामा कुल ६ टिमको सहभागी रहेको छ । जसमा लिगमा एकले अर्कोसँग १/१ खेल खेलेपछी लिगको पहिलो स्थानमा रहने टिम सिदै फाइनल पुग्ने प्रावधान कायम गरिएको छ ।
भने लिगको दोस्रो र तेस्रो स्थानमा रहने टिमले एलिमिनेटर खेल्नुपर्नेछ । १३ गते हुने यस एलिमिनेटर खेलको विजेताले १४ गते फाइनलमा लिगको पहिलो स्थानमा रहने टिमसँग प्रतिष्पर्दा गर्नेछ ।
स्थानिय नारायणी क्रिकेट मैदानमा हुने यस प्रतियोगिताको विजेताले नगद २ लाख ५० हजार तथा उप -विजेता हुने टोलीले १ लाख ८० हजार नगद प्राप्त गर्नेछ ।
भने प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडीले नगद २० हजार तथा उत्कृष्ट ब्याट्सम्यान र बलरले समान १०/१० हजार प्राप्त गर्नेछ्न ।