onlinekhelkhabar.com

Complete website for Nepali Sports News

ईपिएलको मिति सर्यो : अब प्रतियोगिता चैत्रमा हुने

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपालको चर्चित तथा प्रतिष्ठित क्रिकेट प्रतियोगिता मध्यको एक एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) अब चैत्रमा हुने भएको छ ।

यसअघि फागुन १७ देखी चैत्र २ गतेसम्म हुने तय भएपनि अब भने चैत्र १ देखि १५ गतेसम्म हुने भएको छ ।

बिहिबार आयोजक  ईपीएलले प्रेस विज्ञप्ति निकाल्दै यस संस्करणको मिति परिवर्तन गरिएको बताएको छ ।

यस्तै उक्त विज्ञप्तिमा अघिल्लो संस्करणमा ईपिएल पछि नेपालका अन्य लिगहरु धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिग ( पीपीएल ) खेलेका खेलाडीहरु यसपटकको ईपिएल खेल्न नसक्ने उल्लेख गरेको छ ।

यसले गर्दा अब ईपिएलमा नेपालमा खेल्दै आएका खेलाडी भन्दा नयाँ विदेशी खेलाडी आउँने पक्का भएको छ ।

यस्तै उक्त विज्ञप्तिमा ईपीएलको लागि आयोजकले पहिलो श्रेणीको खेलाडीको नाम समेत सार्वजनिक गरेको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य र खेलिसकेका समेत गरेर १८ खेलाडीलाई पहिलो श्रेणीमा राखिएको छ ।

जसअन्तर्गत सूचीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, करण केसी, शरद भेषावकर, मोहम्मद आरिफ शेख, सन्दीप लामिछाने, रोहित कुमार पौडेल, ललित नारायण राजवंशी, कुशल भुर्तेल, सुवास खकुरेल, पवन सरार्फ, वसन्त रेग्मी, प्रदीप ऐरी, सुसन भारी, अभिनास बोहोरा र सोमपाल कामी रहेका छन् ।

र यि सूचीमा रहेका खेलाडीलाई कुनै टोलीले अनुबन्ध गर्न न्युनतम मूल्य २ लाख रुपैयाँमा तिर्नुपर्ने प्रावधान कायम गरिएको छ ।

२ लाख भन्दा माथिको मुल्य अनुबन्ध गरे ६० प्रतिशत खेलाडी र ४० प्रतिशत आयोजकको नाममा हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्