एमएम कपमा प्रदेश १ को सानदार विजयी सुरुवात

एमएम कपमा प्रदेश १ को सानदार विजयी सुरुवात

काठमाडौं ( अनलाइन खेलखबर ) | मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजनामा ईनरुवामा जारी मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता ( एमएम कप ) मा प्रदेश १ ले सानदार सुरुवात गरेको छ ।

पुस १५ गते प्रतियोगिताको उद्घाटन भएको भएपनी प्रतियोगिताको पहिलो खेलमा आज प्रदेश १ ले प्रदेश ५ लाई ६८ रनले पराजित गरेको छ ।

खेलमा प्रदेश १ ले दिएको १ सय २१ रनको सामान्य विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको प्रदेश ५ ले निकै निराशाजनक प्रदर्शन गर्ने क्रममा १८ ओभरमा अलआउट हुँदै ५२ रनमा सिमित हुन पुगेपछी प्रदेश १ ले प्रतियोगितामा सुखद सुरुवात गर्न सफल भएको हो ।

निकै झिनो लक्ष्यलाई पछ्याएको भएपनी प्रदेश ५ का विराट भण्डारीले २८ तथा विशाल बिक्रम केसीले १२ रन बनाउनु बाहेक अन्य खेलाडीबाट निकै निराशाजनक ब्याटिङ हुन पुगेपछी टिमले पहिलो खेलमै लज्जास्पद हार ब्यहोर्न बाध्य भयो ।

प्रदेश ५ को ब्याटिङ ध्वस्त पार्ने क्रममा प्रदेश १ का दिपेश कडेल एक्कैले ६ विकेट हात पारे । आफ्नो स्पेलको ७ ओभर बलिङ गरेका उनले मात्र २० रन खर्चिएर उक्त विकेट लिन सफल भएका थिए ।

यस्तै मुकुन्द यादव र मनोज तामाङले पनि समान २/२ विकेट लिएका थिए ।

यसअघि ईनरुवा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले ३१.२ ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय २० रन बनाएको थियो ।

प्रदेश १ का लागी फिर्दोस अन्सारीले सर्वाधिक ठुलो योगदान गरेका थिए ।४९ बलको सामना गरेका उनले २ चौकासहित २३ रन बनाएका थिए ।

यस्तै टिमका लागी कप्तान पुष्प थापा र दिपेश कडेलले समान २२/२२ रन जोडेका थिए ।

बलिङतर्फ प्रदेश ५ का विक्रम भुषालले ५ तथा दुर्गेस गुप्ताले २ र जितेन्द्र शाहनी , कृष्ण कार्की र अनिल खरेलले पनि १/१ विकेट लिएका थिए ।

अब प्रतियोगितामा शुक्रबार प्रदेश ३ ले प्रदेश ५ को सामना गर्नेछ ।

प्रतियोगितामा नेपालका ७ प्रदेश , ३ विभागीय टोली र पाहुना टोलीको रुपमा मलेसिया क्रिकेट टिम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *