onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सिड्नीलाई हराउँदै सन्दीपको टिम मेलबर्न अंकतालिकाको पहिलो स्थानमा उक्लियो

एजेन्सी – अष्ट्रेलियाको उच्च लिग विग ब्यासमा नेपालका क्रिकेटर सन्दीप लामिछाने आवद्ध मेलबर्न स्टार्सले तेस्रो जित हासिल गर्न सफल भएको छ ।

बिहीबार भएको आफ्नो पाँचौ खेलमा मेलबर्नले जित हासिल गर्ने क्रममा सिड्नी थन्डरलाई ३ विकेटले पराजित गरेको छ ।

खेलमा सिड्नी थन्डरले दिएको १ सय ४३ रनको विजयी चुनौतीलाई मेलबर्नले २ बल बाकी रहदा ७ विकेट गुमाएर पूरा गर्यो ।

टिमलाई लिगमा चौथो जित दिलाउँने क्रममा निक लार्किन र मार्कस स्टोइनिसले ठूलो योगदान गरे ।

पहिलो ओभरको अन्तिम बलमा टिमले निक मैडिन्सनलाई पहिलो विकेटका रुपमा सुन्य रनमा गुमाएको भएपनी त्यसपछि निक र मार्कसले पारीलाई सम्हाल्दै दोस्रो विकेटका लागि १ सय २३ रनको साझेदारी गरेका थिए ।

१६.२ ओभरमा दोस्रो विकेटका रुपमा आउट हुन पुगेका निकले ४५ बलको सामना गर्दै ८ चौका र १ छ्क्काको मद्द्तमा ६५ रन बनाएका थिए ।

यस्तै मार्कस स्टोइनिसले ५१ बलमा ४ चौका र २ छ्क्का प्रहार गर्दै ५८ रन बनाएका थिए ।

बलिङतर्फ सिड्नी थन्डरका डैनियल सैम्सले ३ तथा नाथन मैकएंड्र्यू र क्रिश् मोरिसले समान २/२ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको सिड्नी थन्डरले निर्धारित २० ओभर पुरै खेल्दै ७ विकेटको क्षतिमा १ सय ४२ रन बनाएको थियो ।

उसका लागी एलेक्स रोसले सर्वाधीक ठुलो योगदान गरे । ३२ बलको सामना गरेका उनले २ चौका र समान २ छ्क्काको मद्द्तमा ४० रन बनाएका थिए ।

यस्तै मैथ्यू गिल्क्सले २८ रन र कप्तान कैलम फर्ग्यूसनले १९ रन जोडेका थिए ।

बलिङतर्फ मेलबर्नका हरिस रौफले ३ तथा कप्तान ग्लेन म्याक्सवेलले २ विकेट लिएका थिए भने क्लिंट हिंचलिफको नाममा पनि एक विकेट रहेको थियो ।

यता यस खेलमा नेपालका सन्दीप लामिछाने अनुपस्थित रहेका थिए । उनि आफ्नो सामान्य चोटका कारण उनलाई टिमले आराम दिएको थियो ।

यो जितसँगै मेलबर्न स्टार्स लिगमा ५ खेलमा ४ खेलमा जित हासिल गर्दै ८ अंकका साथ तेस्रो स्थानबाट पहिलो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्