onlinekhelkhabar.com

Complete website for Nepali Sports News

सर्वियन सुन्दरी नताशासँग हार्दिक पान्ड्या विवाह बन्धनमा बाँधिदै

एजेन्सी – भारतीय क्रिकेटका चर्चित अनुहार अलराउन्डर खेलाडी हार्दिक पान्ड्याले सर्बियाई अभिनेत्री नताशा स्टेनकोविकसँग विवाह वन्धनमा बाधिने पक्का गरेका छ्न ।

बुधबार आफ्नो सामाजिक संजालमार्फत नताशासँग ईगेन्जमेन्ट गरेको सार्वजनिक गरेका हार्दिकले सामाजिक संजालबाट पुष्टि गर्दै लेखेका छ्न “मैं तेरा, तू मेरी जाने, सारा हिंदुस्तान.”

यस्तै नताशाले पनि यो कुरालाई पुष्टि गर्दै ईगेन्जमेन्टको सानो भिडियो सामाजिक सन्जाल ईस्टाग्राममा पोस्ट गरेकी छिन ।

यसरी उनले अग्रेजी नयाँ वर्षको पावन उपलक्ष्यमा सम्पुर्णलाई आफ्नो खुशीको पललाई बाडेका छ्न ।

केहि समय देखि सम्बधमा रहेका यि जोडीले अन्ततः विवाह बन्धनमा बाधिने निर्णय गरेका हुन ।

तर विवाह कहिले गर्नेछ्न त्यो भने अझै खुलाईएको छैन तर यो भन्न सकिन्छ चाडैं नै यो जोडी विवाह बन्धनमा बाधिएको देख्न सकिनेछ ।

मूलरूपमा सर्बियामा रहने नताशा भारतीय फिल्म क्षेत्रमा भने केहि वर्षदेखी सक्रिय हुँदै आएकी छिन ।

मोडल तथा अभिनेत्री नताशाले बलियुडमा भने सन २०१४ मा प्रकाश झाद्वारा निर्देशित सत्याग्रहमा काम गरिसकेकी छिन ।

यस्तै एक्शन जैक्सन, फ़ुकरे रिटर्न्स जस्ता फिल्ममा समेत उनले काम गरेकी छिन ।

यसका साथै उनलाई विभिन्न रियालिटी शोमा पनि देखिदै आएको छ । जसअन्तर्गत नच बलिए र सलमान खानको शो बिग बोसमा पनि उनि सहभागी भएकी थिईन ।

यता ईगेन्जमेन्ट गरेसँगै भारतिय क्रिकेट टिमका कप्तान विराट कोहलीसँगै अन्य सहकर्मी साथीहरुले उनलाई बधाई पनि दिईसकेका छ्न ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *