आज मेलबर्नले विग ब्यासमा पाँचौ खेल खेल्दै : तर सन्दीपले खेल गुमाउँने

आज मेलबर्नले विग ब्यासमा पाँचौ खेल खेल्दै : तर सन्दीपले खेल गुमाउँने

काठमाडौं ( अनलाइन खेलखबर )|अष्ट्रेलियाको उच्च लिग विग ब्यास लिगमा नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने आबद्ध मेलबर्न स्टार्सले आज आफ्नो पाँचौ खेल खेल्दैछ ।

नेपाली समय अनुसार १०:२५ मा मेलबर्नले सिड्नी थन्डरसँग प्रतिष्पर्दा गर्दैछ । तर यस खेलमा नेपालका सन्दीप लामिछानेको उपस्थिति रहने छैन ।

यसअघिका खेलमा टिमले निरन्तर सन्दिपलाई स्थान दिएको भएपनी यस खेल सन्दीपले ईन्जुरीका कारण गुमाउने भएका छ्न ।

मेलबर्नले जानकारी गराए अनुसार सन्दीपलाई सामान्य चोट रहेको हुँद कम्तिमा यो खेल गुमाउने र यसपछिका खेलमा सन्दीपको उपस्थिति रहने आशावादी व्यक्त गरेको छ ।

यता लिगमा पनि सन्दीपको टिमले राम्रो गरिरहेको छ । जसमा ४ खेलमा मेलबर्नले ३ मा जित र मात्र १ खेलमा हार ब्यहोर्दा ६ अंकका साथ अंकतालिकामा तेस्रो स्थानमा रहेको छ ।

भने सन्दिपले यसअघि ४ खेलमा आफ्नो बलिङ प्रस्तुति दिदै ३ विकेट लिईसकेका छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *