सन्दीपको किफायती बलिङमा मेलबर्नको तेस्रो जित
एजेन्सी – नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्सले अष्ट्रेलियाको उच्च लिग विग ब्यासमा तेस्रो जित हासिल गरेको छ ।
सोमबार भएको आफ्नो चौथो खेलमा मेलबर्नले लिगमा तेस्रो जित हासिल गर्ने क्रममा होबार्ट हरिकेन्सलाई पराजित गर्न सफल भएको छ ।
वर्षाले प्रभावित गरेको खेलमा जसलाई ११ ओभरमा घटाईएको थियो जसमा होबार्ट हरिकेन्सले दिएको ७० रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको मेलबर्नको पारी अन्तर्गत ७.३ ओभरमा ३ विकेटको क्षतिमा ५५ रन हुँदा फेरी मैदानमा बर्षात हुन थालेपछी खेलको नतिजा डिएल मेथलले निर्धारण गरिएको थियो ।
जसमा मेलबर्नले ४ रनले बाजी मार्न सफल भयो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको होबार्ट हरिकेन्सले निर्धारित ११ ओभर पुरै खेल्दै ५ विकेट गुमाएर ६९ रन बनाएको थियो ।
होबार्ट हरिकेन्सका लागि कालेब ज्वेलले सर्वाधिक २६ रन बनाएका थिए २८ बलको सामना गरेका उनले उक्त रन बनाउने क्रममा २ चौका समेत प्रहार गरे ।
यस्तै टिमका लागि बेन मॅकडरमॉट १७ तथा सिमोन मिलेंकोले १२ रनको योगदान गरेका थिए ।
बलिङतर्फ मेलबर्नका डेल स्टेन र नाथन कूल्टर-नाइलले समान २/२ विकेट हात पार्दा डैनियल वॉर्लले पनि १ विकेट लिए ।
यता नेपालका सन्दीपले विकेट हात पार्न नसकेपनि बलिङमा किफायती प्रदर्शन गर्ने क्रममा २ ओभर बलिङ गर्दै मात्र ११ रन खर्चिएका थिए ।
यो जितसँगै मेलबर्न स्टार्स ४ खेलबाट ३ खेलमा जित र १ खेलमा हार व्यहोर्दै अंकतलिकामा ६ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ ।