मनकारी रोहन मुस्तफा
काठमाडौं ( अनलाइन खेलखबर ) | दोस्रो संस्करणको पोखरा प्रिमियर लिग ( पीपीएल ) को उपाधि चितवन राईनोजले उचाल्ने क्रममा महत्वपूर्ण भूमिका निर्वाह गर्दै अलराउण्डर प्रदर्शन गरेका रोहन मुस्तफाले आफुले प्राप्त गरेको पुरस्कारलाई सहयोग गर्ने भएका छन ।
युएईका रोहनले प्रतियोगितामा प्राप्त गरेको नगद र मोटरसाईकलबाट प्राप्त रकमलाई मैदान स्टार्फलाई र च्यारिटी गर्ने भएका छन ।
उनले प्रतियोगिताको दौरान ३ खेलमा प्लेयर अफ द म्याच घोषित हुन पुगेका थिए जसवाफत उनले १० हजारका दरले ३० हजार प्राप्त गरे जसलाई उनले मैदानमा काम गर्ने कर्मचारीलाई प्रदान गरेका छन ।
यस्तै प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी भएवाफत प्राप्त गरेको मोटरसाईकललाई उनले त्यसबाट आएको रकमलाई उनले च्यारिटी गर्ने घोषणा गरेका छन ।
प्रतियोगितामा उनले टिमलाई च्याम्पियन बनाउन ठूलो भूमिका निर्वाह गरेका थिए नेपालमा समेत निकै लोकप्रिय खेलाडीका रुपमा आफुलाई परिचित गरईसकेका रोहनलाई नेपालमा पनि उत्तिकै रुचाईएको छ ।
जसका लागि उनले मैदानमा खेल्ने खेल त् छदै छ तर मैदान बाहिर उनले गर्ने ब्यबहारले ठुलो अर्थ राखेको छ ।
नेपालमा खेल्न भनेपछि हुरुक्कै हुने रोहन नेपाली समर्थकहरुले आफुलाई गरेको माया प्रति निकै प्रभावित समेत रहेका छन ।
अहिले उनलाई नेपाली समर्थकहरुले पनि निकै रुचाउँदै आएका छन यसले गर्दा रोहनलाई पनि निकै खुशी तुल्याउने उनि स्वयम् आफै भन्छन ।
रोहनले यसरी पुरस्कृत रकमलाई च्यारिटी दिने गर्छन र यस पटक पीपीएलबाट प्राप्त रकम पनि उनले पाकिस्तानको एक संस्थाका बाल बालिकालाई प्रदान गर्ने बताएका छन ।