चितवन पीपीएलको नयाँ च्याम्पियन
पोखरा ( अनलाइन खेलखबर ) | दोस्रो संस्करणको पोखरा प्रिमियर लिग ( पीपीएल ) को उपाधि चितवनले उचाल्न सफल भएको छ ।
शनिबार भएको प्रतियोगिताको फाइनल खेलमा विराटनगर टाईटन्सलाई ३२ रनले पराजित गरेपछी चितवन प्रतियोगिताको च्याम्पियन बन्न सफल भयो ।
खेलमा चितवनले प्रस्तुत गरेको २ सय ३ रनको विजयी लक्ष्यलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको विराटनगर निर्धारित २० ओभर पुरै खेल्दै ७ विकेट गुमाएर १ सय ७० रनमा सिमित हुन पुगेपछी खेल चितवनले आफ्नो पक्षमा पार्न सफल भयो ।
खेलमा विशाल योगफल पछ्याएको भएपनी विराटनगरको सुरुवात भने सुखद भने हुन भने सकेको थिएन ।
टिमले आफ्नो स्कोर १६ रन हुँदा सुरुवाती दुई महत्वपूर्ण ब्याट्सम्यानलाई गुमाएको थियो । जसमा ओपनर ब्याट्सम्यान सुनिल धमला ४ रन र लोकेश बम १ रन बनाएर आउट हुन पुगेका थिए ।
त्यसपछि टिमको पारीलाई उकास्न मुहम्मद जैद आलम र नोमन खानले ५३ रनको साझेदारी गरेका थिए ।
तेस्रो विकेटका रुपमा आउट हुन पुगेका नोमनले १८ रन बनाए भने त्यसपछी आउट हुन पुगेका मोहम्मद जैद आलमले अर्धशतकीय पारी खेल्ने क्रममा ४८ बलको सामना गर्दै ५ चौका र ३ छक्काको मद्दतमा ५७ रन बनाएका थिए ।
यस्तै पुनित मेहराले ३२ तथा कप्तान प्रदिप एरीले ३३ रन बनाएका थिए ।
बलिङतर्फ चितवनका करन केसीले सर्वाधिक ३ तथा सनि पटेलले २ र रोहन मुस्तफाले १ विकेट लिएका थिए ।
त्यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको फाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चितवन राईनोजले निर्धारित २० ओभर पुरै खेल्दै ५ विकेट गुमाएर २ सय २ रन बनाउन सफल भएको थियो ।
+
फाइनल खेलमा विशाल योगफल गराउने क्रममा चितवनका दुई खेलाडीले अर्धशतक पूरा गरे ।
खेलमा ३.२ ओभरमा पहिलो विकेटका रुपमा कप्तान पारस खडकालाई व्यक्तिगत २५ रन गुमाएको चितवनले त्यसपछी दोस्रो विकेटका रुपमा बाबर हायतलाई ५ रनमा गुमाएको थियो ।
त्यसपछी भने टिमले ठुलो साझेदारी पाउने क्रममा अनिल कुमार शाह र रोहन मुस्तफाले तेस्रो विकेटका लागि ९५ रनको साझेदारी गरेपछि टिम विशाल योगफल तर्फ अग्रसर भएको थियो ।
टिमको ईनिङलाई डोराएका अनिल १५.१ ओभरमा ५० रन बनाएर आउट हुन पुगे । ३४ बलको सामना गरेका उनले ३ चौका र ३ छक्काको मद्दतमा उक्त रन बनाएका थिए ।
यस्तै रोहन मुस्तफाले पनि अर्धशतक पूरा गरे । चौथो विकेटका रुपमा पभेलियन फर्किएका रोहनले ४३ बलमा ३ चौका र १ छक्काको मद्दतमा ५० रन बनाएका थिए ।
यस्तै टिमका लागि आरिफ शेखले १९ रन तथा सनि पटेलले अविजित रहदै १६ रन र करन केसी पनि अविजित रहदै २६ रनको योगदान गरेका थिए ।
बलिङमा विराटनगरका मोहम्मद जैद आलम र पुनित मेहराले समान २/२ विकेट लिए भने किशोर महतोले पनि १ विकेट हात पारे ।
योसँगै विजेता चितवन ले नगद २७ लाख प्राप्त गर्दा उप विजेता विराटनगरले १० लाख नगद प्राप्त गर्न सफल भएको छ ।