पीपीएलको फाइनल आज  : युवा जोसले अनुभवी खेलाडीलाई चुनौती

पीपीएलको फाइनल आज : युवा जोसले अनुभवी खेलाडीलाई चुनौती

पोखरा ( अनलाइन खेलखबर ) | पर्यटकीय सहर पोखरामा जारी नेपालको चर्चित तथा प्रतिष्ठित क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग ( पीपीएल ) को दोस्रो संस्करणको फाइनल खेल आज हुँदैछ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बिहान साढे ११ बजेपछी हुने फाइनल खेलमा गत संस्करणको उप – विजेता समेत रहेको पारस खडकाको कप्तानीमा रहेको चितवन राईनोजले प्रदिप एरीको कप्तानीमा रहेको विराटनगर टाईटन्ससँग प्रतिष्पर्दा गर्दैछ ।

र आज हुन गईरहेको फाइनल खेल आफैमा प्रतिष्पर्दात्मक हुने विश्वास समेत लिईएको छ ।

युवा जोसको साथमा प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै फाइनल पुगेको विराटनगरले अनुभवी खेलाडीको बाहुल्यता रहेको चितवन राईनोजसँग भिड्दै गर्दा स्पष्ट जितको खोजीमा रहदै दुवै टिम पहिलो पटक प्रतियोगिताको च्याम्पीयन बन्न चाहन्छन ।

गत संस्करणमा पनि फाइनल पुगेर पनि फाइनलमा पोखरा पल्टनसँग पराजित हुँदै उपाधि उचाल्नबाट बन्चित रहेको चितवनलाई यसपटक फेरी च्याम्पियन बन्ने असवर सिर्जना भएको हुँदा चितवन यसलाई भरपुर सदुपयोग गर्दै यस मौकालाई खेर फाल्न चाहदैन ।

यता अघिल्लो संस्करणको कमजोर टिम सावित हुन पुगेको विराटनगर पहिलो पटक फाइनल खेल्दै गर्दा उसका लागि पनि प्रतियोगिताको नयाँ च्याम्पियन बन्ने उत्तिकै मौका रहेको छ ।

त्यसका लागि आज हुने फाइनल खेल कस्ले कस्तो खेल्नेछन भनेमा निर्भर रहन्छ ।

अपराजित रुपमा फाइनल पुगेको चितवन लिगको पहिलो स्थानमा रहदै फाइनल प्रवेश गरेको थियो । भने विराटनगरको यात्रा भने त्यति सहज देखिएन ।

फाइनल पुग्न विराटनगरलाई ठुलो मेहनत गर्नुपर्यो । लिगमा तेस्रो स्थानमा रहेको विराटनगरले फाइनल पुग्न एलिमिनेटर खेलमा बुटवलमाथि अप्त्यारिदो जित हासिल गरेपछि विराटनगरको फाइनल यात्रा तय भएको हो ।

जारी प्रतियोगितामा विराटनगरले खेलेका ६ खेलमा ३ खेलमा जित हासिल गर्न सफल भयो जसमा लिग चरणमा २ र प्ले अफमा १ रहेको छ ।

प्रतियोगितामा विराटनगरले पहिलो खेलमा धनगढीसँग रोमान्चक बनेको खेलमा मात्र ५ रनले पराजित भएको थियो । भने दोस्रो खेलमा विराटनगरले साविकको विजेता समेत रहेको पोखरा पल्टनलाई ४५ रनले पराजित गरेको थियो ।

तेस्रो खेलमा भने विराटनगर काठमाडौंसँग ३६ रनले र चौथो खेलमा फाइनल पुगिसकेको चितवन राईनोजसँग विराटनगर १८ रनले पराजित भएको थियो ।

भने लिगको अन्तिम खेलमा बुटवललाई ४ विकेटले पराजित गरेको थियो भने एलिमिनेटरमा बुटबललाई नै २१ रनले पराजित गर्दै विराटनगर पहिलो पटक फाइनल पुग्न सफल भएको हो ।

यता प्रतियोगीतामा सानदार प्रदर्शन गर्दै प्रतियोगिताको अपराजीत टिम बन्दै फाइनल पुग्न सफल रहेको चितवनले पहिलो खेलमा साविकको विजेता पोखरा पल्टनलाई ६ विकेटले पराजित गरेको थियो ।

यस्तै दोस्रो खेलमा बुटबललाई १ सय १९ रनले , तेस्रोमा धनगढीलाई ५२ रनले चौथोमा विरानगरलाई १८ रन र लिगको अन्तिम खेलमा चितवनले काठमाडौंलाई ६० रनले पराजित गरेको थियो ।

यसरी लिगको प्रदर्शनलाई नियाल्दा चितवनलाई कस्ले टक्कर दिएको छ भन्दा विराटनगरलेनै दिएको छ । चितवनले अरुलाई फराकिलो अन्तरले पराजित गर्दै गर्दा विरानगरसँग भने त्यो हुन सकेन ।

यो खेलमा एक पटक त यस्तो स्थिति आईसकेको थियो जसमा विराटनगरले नतिजा आफ्नो पक्षमा पार्न सक्ने सम्भावना देखिएको थियो ।
तर चितवनले राम्रो पुनरागमन गर्दै खेल लाई आफ्नो पक्षमा पार्न सफल भएको थियो ।

यसरी पछिल्लो खेलमा विराटनगरले देखाउँदै आएको प्रदर्शनलाई हेर्दा उच्च लयमा पनि देखिन्छ र चितवनको टक्कर दिन तयार पनि छ ।

यता अनुभवी खेलाडीबाट उलेख्य साथ पाईरहेको चितवनलाई पनि सोचेका सबै खेलाडीले राम्रो प्रदर्शन गरिरहेको हुँदा चितवन पनि उपाधि जित्ने आशावादीमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *