बिग ब्यासमा मेलबर्नको पहिलो हार : सन्दीपको नाममा एक विकेट
एजेन्सी – नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्सले अष्ट्रेलियाको उच्च लिग विग ब्यासमा पहिलो हार व्यहोरेको छ ।
शुक्रबार भएको आफ्नो तेस्रो खेलमा पराजित हुने क्रममा मेलबर्न एडिलेड स्ट्राइकर्ससँग रोमान्चक बनेको खेलमा मात्र ५ रनले पराजित भएको थियो ।
खेलमा स्ट्राइकर्सले दिएको १ सय ७६ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको मेलबर्नले निर्धारित २० ओभर पुरै खेल्दै ६ विकेट गुमाएर १ सय ६९ रनमा सिमित भएपछी खेल एडीलेडले आफ्नो पक्षमा पार्न सफल भयो ।
मेलबर्नका लागि ब्याटिङमा कप्तान ग्लेन म्याक्सवेलले सर्वाधिक रनको योगदान गर्ने क्रममा ४३ रन बनाएका थिए । मात्र २५ बलको सामना गरेका उनले १ चौका र ४ छक्काको मद्दतमा उक्त रन बनाए ।
यस्तै मेलबर्नका लागि पिटर ह्याण्ड्सकम्बले ३४ रन मार्कस स्टोइनेसले ३३ र नाथन कुण्टर नाइलले अविजित रहदै २० को योगदान गरेपनि जित भने दिलाउन असफल भए ।
बलिङतर्फ एडिलेइडका पीटर सिडलले ३ तथा कैमरन वैलेंटाइन राशिद खान र वेस आगरले समान १/१ विकेट लिएका थिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एडिलेडले निर्धारित २० ओभर पुरै खेल्दै ४ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो ।
एडिलेडका लागि जोनाथन विल्सले सर्वाधिक धेरै रन बनाए खेले । अविजित रहदै अर्धशतकीय पारी खेलेका उनले ४६ बलको सामना गर्दै ६ चौकाको मद्दतमा ६८ रन बनाएका थिए ।
यस्तै कप्तान एलेक्स केरीले ४५ रनको योगदान गरेका थिए । ४५ बलको सामना गरेका उनले २ छक्का समेत प्रहार गरे ।
बलिङतर्फ मेलबर्नका लागि डेल स्टेन, डेनियल वोर्रल , आडम जम्पा र सन्दीप लामिछानेले समान १/१ विकेट लिएका थिए ।
नेपालका सन्दिपले आफ्नो स्पेलको ३ ओभर गर्दै मात्र १५ रन खर्चिएर १ विकेट लिए । योसँगै लिगमा सन्दिपले आफ्नो विकेट सङख्या ३ पुर्याएका छन ।
यसअधि मेलबर्नले पहिलो खेलमा ब्रिसबेन हिटलाई २२ रनले पराजित गरेको थियो । भने दोस्रो खेलमा होबार्ट हरिकेन्स लाई ५२ रनले पराजित गरेको हो ।