onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पीपीएलको उपाधिको लागि विराटनगर र चितवन भिड्ने

पोखरा ( अनलाइन खेलखबर ) | दोस्रो संस्करणको पोखरा प्रिमियर लिग ( पीपीएल ) को उपाधिका लागि पारस खडकाको नेतृत्वमा रहेको चितवन राईनोज र प्रदीप एरीको कप्तानीमा रहेको विराटनगर टाईटन्स भिड्ने भएका छन ।

बिहिबार भएको प्रतियोगिताको एलिमिनेटर खेलमा बुटवलमाथि २१ रनले जित हासिल गरेपछि विराटनगरले फाइनलमा चितवनसँग भेट पक्का गरेको हो ।

यसअघि लिगका सबै ५ खेलमा जित हासिल गर्दै चितवन लिगको अंकतालिकाको पहिलो स्थानमा रहदै प्रतियोगिताको फाइनल पुगिसकेको थियो ।

अब यी दुई टिम शनिबार उपाधिका लागि भिड्ने छन । चितवन राईनोज अघिल्लो संस्करणको उप – विजेता समेत हो ।

नेपाली क्रिकेटमा सर्वाधिक पुरस्कार राशि रहेको यस प्रतियोगिताको विजेताले रु २७ लाख र उपविजेताले रु १० लाख पुरस्कार पाउने छन् ।

यस्तै प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी , उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई मोटरसाइकल प्रदान गरिनेछ ।

भने प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई एक लाख र उदायमान खेलाडीले ५० हजार प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्