onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पहिलो पटक फाइनल खेल्ने दाउमा बुटवल र विराटनगर

पोखरा ( अनलाइन खेलखबर ) | दोस्रो संस्करणको पोखरा प्रिमियर लिग ( पीपीएल ) अन्तर्गत एलिमीनेटरको खेल आज हुँदैछ ।

जसमा प्रदीप एरीको नेतृत्वमा रहेको विराटनगर टाईटन्सले सोमपाल कामीको बुटवल ब्लाटर्स सँग दिउँसो साढे १२ बजेपछि प्रतिष्पर्दा गर्दैछ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुने यस खेलले फाइनल पुग्ने अर्को टिमको निर्धारण गर्नेछ । यसअघि लगातार ५ खेलमा ५ जित जित निकाल्दै अंकतालिकाको पहिलो स्थानमा रहदै चितवन राईनोजले फाइनल पक्का गरिसकेको छ ।

अब चितवन सँग शनिबार हुने फाइनलमा यो एलिमिनेटरको विजेता भिड्ने छ ।

प्ले अफ अर्थात एलिमिनेटरमा बुटवल अंकतालिकाको दोस्रो स्थानमा र विराटनगर तेस्रो स्थानमा रहदै पुगेका थिए ।

विशेषगरी प्ले अफ पुग्न लिगको अन्तिम खेल निकै महत्वपूर्ण रह्यो । अन्तिम खेलमा यस्तो अवस्था थियो की विराटनगरलाई जसरी पनि बुटवललाई ठुलो अन्तरले पराजित गर्नु पर्ने थियो ।

जसमा विराटनगर सफल पनि भयो । खेलमा टस जितेर विराटनगरले बुटवललाई पहिले ब्याटिङको निम्तो दियो ।

त्यसपछी टस हारेर पहिले ब्याटिङ गरेको बुटवल निर्धारित २० ओभर पुरै खेल्दै ८ विकेट गुमाएर १ सय ३३ रन बनाएको थियो ।

र त्यसपछी प्ले अफमा स्थान सुरक्षित बनाउन त्यो विराटनगरले प्रस्तुत् गरेको १ सय ३४ रनको विजयी लक्ष्यलाई विराटनगरले १२.२ ओभर भित्र पूरा गर्नु पर्ने भयो ।

जसलाई विराटनगरले ११.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्न सफल हुँदा प्ले अफ पुग्ने तेस्रो टिम बन्न सफल भयो ।

यदि विराटनगरले सो ओभर भित्र पूरा नगरेको भए काठमाडौं गोल्डेन वारियर्स प्ले अफ पुग्ने थियो । काठमाडौं र विराटनगरको समान ४ अंक भएपनि सबै चक्र नेट रनरेटमा निर्भर रहेको थियो र नेट रनरेटमा काठमाडौंमाथि हाबी हुँदै विराटनगर प्ले अफ पुग्न सफल भएको हो ।

लिगको अन्तिम खेल खेलेका यी दुई बीच लगातार दोस्रो पटक प्रतियोगितमा आज भेट हुँदै छ । जसरी अधिल्लो खेलमा विराटनगरले बुटवलमाथि जित हासिल गरेको ।
त्यसको निरन्तरता विराटनगरले दिदै विराटनगर पहिलो पटक पीपीएलको फाइनल खेल्न चाहन्छ ।

प्रतियोगिताको लिग चरणमा विराटनगर पहिलो खेलमा धनगढीसँग रोमान्चक बनेको खेलमा मात्र ५ रनले पराजित भएको थियो । भने दोस्रो खेलमा विराटनगरले साविकको विजेता समेत रहेको पोखरा पल्टनलाई ४५ रनले पराजित गरेको थियो ।

तेस्रो खेलमा भने विराटनगर काठमाडौंसँग ३६ रनले र चौथो खेलमा फाइनल पुगिसकेको चितवन राईनोजसँग विराटनगर १८ रनले पराजित भएको थियो ।

यता बुटवलले प्रतियोगितामा सुखद सुरुवात गर्ने क्रममा काठमाडौंलाई सुपर ओभरमा पराजित गरेको थियो । यस्तै दोस्रो खेलमा बुटवल चितवनसँग १ सय १९ रनको फराकिलो अन्तरले पराजित भएको थियो भने तेस्रो खेलमा बुटवलले पोखरा पल्टनलाई ८ विकेटले पराजित गरेको थियो । भने लिगको चौथो खेलमा बुटवलले धनगढीलाई ७ विकेटले पराजित गरेको थियो ।

यसरी लिगमा दुबैले गरेका प्रदर्शन हेर्दा दुवै टिम उत्तिकै र एकै किसीममा देखिएपनि आजको खेलमा विराटनगरनै हाबी हुने प्रवल सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्