विराटनगर पीपीएलको प्ले अफमा पुग्न सफल
पोखरा ( अनलाइन खेलखबर ) | प्रदिप एरीको नेतृत्वमा रहेको विराटनगर टाईटन्स दोस्रो संस्करणको पोखरा प्रिमियर लिग ( पीपीएल ) को प्ले अफमा पुग्न सफल भएको छ ।
बुटवलले दिएको १ सय ३४ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको विराटनगरले उक्त चुनौतीलाई ११.४ ओभरमा मात्र ६ विकेट गुमाएर ४ विकेटले खेल आफ्नो पक्षमा पारेपछि विराटनगरलाई प्ले अफ पुग्न प्रयाप्त बन्यो ।
यो खेलमा विराटनगरलाई बुटवलले प्रस्तुत गरेको विजयी लक्ष्यलाई १२.२ ओभर भित्र पूरा गर्नु पर्ने हुथ्यो नत्र काठमाडौं प्ले अफ पुग्ने थियो ।
जसमा विराटनगरले सोहि अनुरुप खेल्दै लक्ष्य पुरा गरेपछि विराटनगरलाई प्ले अफ पुग्न प्रयाप्त बन्यो ।
निकै महत्वपूर्ण खेलमा विराटनगरलाई जिताउने क्रममा मोहम्मद जैद आलमले २४ रन , लोकेश बमले १३ रन , पुनित मेहराले ३२ , नोमन खानले ३५ रन र पुष्प थापाले १८ रन बनाएका थिए ।
बलिङतर्फ बुटबलका नितेश थापाले २ तथा , अभिनाश बोहरा, हर्ष टोग र कमल खत्रीले समान १/१ विकेट लिएका थिए ।
त्यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बुटवलले निर्धारित २० ओभर पुरै खेल्दै ८ विकेट गुमाएर १ सय ३३ रन बनाएको थियो ।
खेलमा अनुभवी तथा टिमका भरपर्दा ओपनर ब्याट्सम्यान अफ्ताबुदीन अहमदलाई गोल्डेन डकका रुपमा गुमाएको बुटवलले त्यसपछी राम्रो सुरुवात पाउने क्रममा हर्ष टोकले टिमलाई सम्हाने क्रममा ६७ रनको योगदान गरेका थिए ।
चौथो विकेटका रुपमा आउट हुन पुगेका हर्षले ४४ बलमा ६ चौका ५ छक्काको मद्दतमा ६७ रन बनाएका थिए ।
हर्ष अघि अर्का ओपनर सङखर राना २ रनमा र भिम सार्की ५ रनमा आउट हुन पुगेका थिए ।
यस्तै सिभम सिँहले ३७ रन बनाउँदा कप्तान सिदान्त लोहनीले ११ रनको योगदान गरेका थिए ।
बलिङतर्फ विराटनगरका मोहम्मद जैद अलामले ४ तथा किशोर महतोले २ विकेट लिए भने दिपेश श्रेष्ठ र शाहव आलमले पनि १/१ विकेट लिएका थिए ।
अब एलिमिनेटर खेलमा यी दुई बीच नै बिहिबार प्रतिश्पर्दा हुनेछ । जसको विजेताले फाइनलमा चितवन राईनोजसँग शनिबार खेल्नेछ ।