विराटनगरसामू बुटवलको मध्यम विजयी चुनौती
पोखरा ( अनलाइन खेलखबर ) | हर्ष टोकको अर्धशतकीय ब्याटिङको मद्दतमा दोस्रो संस्करणको पोखरा प्रिमियर लिग ( पीपीएल ) अन्तर्गत लिगको अन्तिम खेलमा बुटवल ब्लाटर्सले विराटनगर टाईटन्सलाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बुटवलले निर्धारित २० ओभर पुरै खेल्दै ८ विकेट गुमाएर १ सय ३३ रन बनाएको छ ।
खेलमा अनुभवी तथा टिमका भरपर्दा ओपनर ब्याट्सम्यान अफ्ताबुदीन अहमदलाई गोल्डेन डकका रुपमा गुमाएको बुटवलले त्यसपछी राम्रो सुरुवात पाउने क्रममा हर्ष टोकले टिमलाई सम्हाने क्रममा ६७ रनको योगदान गरेका थिए ।
चौथो विकेटका रुपमा आउट हुन पुगेका हर्षले ४४ बलमा ६ चौका ५ छक्काको मद्दतमा ६७ रन बनाएका थिए ।
हर्ष अघि अर्का ओपनर सङखर राना २ रनमा र भिम सार्की ५ रनमा आउट हुन पुगेका थिए ।
यस्तै सिभम सिँहले ३७ रन बनाउँदा कप्तान सिदान्त लोहनीले ११ रनको योगदान गरेका थिए ।
बलिङतर्फ विराटनगरका मोहम्मद जैद अलामले ४ तथा किशोर महतोले २ विकेट लिए भने दिपेश श्रेष्ठ र शाहव आलमले पनि १/१ विकेट लिएका थिए
अब बुटवलले दिएको १ सय ४४ रनको विजयी चुनौतीलाई पछ्याउँदै विराटनगरले अबको केहि समयपछी जवाफी ब्याटिङ गर्नेछ ।
यता यो जारी खेलले प्रतियोगिताको तेस्रो स्थान निर्धारण गर्ने हुँदा विराटनगरका लागि यो खेल खास रहेको छ । यदि विराटनगरले बुटवलले दिएको चुनौतीलाई १२.२ ओभर भित्र पूरा गर्छ भने विराटनगर प्ले अफ पुग्ने तेस्रो टिम बन्ने छ ।