onlinekhelkhabar.com

Complete website for Nepali Sports News

विराटनगरलाई फराकिलो जितको जरुरत

पोखरा ( अनलाइन खेलखबर ) | दोस्रो संस्करणको पोखरा प्रिमियर लिग ( पीपीएल ) अन्तर्गत लिग चरणको अन्तिम खेल आज हुँदैछ ।

जसमा प्रदिप एरीको नेतृत्वमा रहेको विराटनगर टाईटन्सले सोमपाल कामीको कप्तानीमा रहेको बुटवलसँग खेल्दै गर्दा विराटनगरका लागि यो खेल निकै महत्वपूर्ण रहेको छ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा साढे ११ बजेपछि पछी हुने खेलमा विराटनगरलाई प्ले अफ पुग्न फराकिलो अन्तरले जित आबस्यक रहेको हुँदा यो खेल विराटनगरका लागि खास रहने छ ।

बुटवल प्ले अफ पुगिसकेको हुँदा यस खेलले त्यती अर्थ नराखेपनि मनोबललाई यथावत राख्नका लागि बुटवल विराटनगरसामु सोहि अनुसार प्रस्तुत हुनेछ ।

अहिले अंकतालिका पहिलो स्थानमा रहदै चितवन फाइनल पुगीसकेको छ भने दोस्रोमा रहेको बुटवलले प्ले अफ पक्का गरिसकेको अवस्थामा तेस्रो टिमका लागि यो खेलले निर्धारण गर्नेछ।

अहिले तेस्रो स्थानमा काठमाडौं ५ खेलबाट ३ मा हार र २ खेलमा जितसँगै ४ अंकका साथ अंकतालिकाको तेस्रो स्थानमा रहेको छ जसलाई धनगढीले पछ्याईरहेको भएपनि त्यो सम्भव रहेको छैन धनगढी प्रतियोगिताबाटै बाहिरिएको छ ।

अब अहिले ४ खेलबाट ३ मा हार र १ मा जित सँगै विराटनगर २ अंकका साथ अंकतालिकामा पाँचौ स्थानमा रहेपनि बुटवललाई फराकिलो अन्तरले पराजित गरेको खण्डमा विराटनगरले प्ले अफ पक्का गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्