माघमा गणेशमान सिंह स्मृति राष्ट्रिय किक बक्सिङ प्रतियोगिता हुँदै
काठमाडौं ( अनलाइन खेलखबर ) | ललितपुर जिल्ला किक बक्सिङ संघको आयोजनामा माघ २ गतेदेखि चापागाउँस्थित प्याङगाउँचौरमा वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिता हुने भएको छ ।
तेस्रो संस्करणको यस प्रतियोगितामा विभिन्न १२ टिमका करिब २ सय खेलाडीको सहभागिता रहने आयोजक ललितपुर जिल्ला किक बक्सिङ संघका अध्यक्ष विनोद महर्जनले जानकारी गराएका छ्न ।
कराते, उसु, बक्सिङ, तेक्वान्दो, आईटीएफ तेक्वान्दो, फुल कन्ट्याक्ट कराते, मुवाँथाई, किक बक्सिङ र ३ विभागीय टोली आर्मी , एपीएफ र पुलिसको सहभागिता रहने छ ।
पुरुषमा ६ र महिलामा ५ गरी ११ स्पर्धामा प्रतिस्पर्धा हुने छ ।
प्रत्येक स्पर्धामा पहिलो हुनेले ३० हजार, दोश्रोले १५ हजार र तेश्रो हुने दुई खेलाडीले समान ८–८ हजार नगद पुरस्कार पाउने छन् ।
यस्तै उत्कृष्ट पुरुष महिला खेलाडीलाई जनही २५ हजार नगदबाट पुरस्कृत गरिने छ ।
टिममा शीर्ष स्थान हात पार्नेलाई १ लाख र दोश्रोलाई ५० हजार नगद पुरस्कार दिइने छ ।